सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ को मृत्यु « Khabarhub

सिरहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ को मृत्यु


११ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहामा सवारी दुर्घटना हुँदा बिहीबार दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चोहर्वा–सिरहा सडक खण्डअन्तर्गत पदमपुरमा बिहीबार दिउँसो चोहर्वातर्फ जाँदै गरेको ना ५ ख ५५१८ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाका अनुसार दुर्घटनामा सिरहा नगरपालिका–११ भलुवाहीका २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई एम्बुलेन्समा सिरहा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहिबार  १० : ३२ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर