यस्ता छन् तनाव कम गर्ने उपाय « Khabarhub

यस्ता छन् तनाव कम गर्ने उपाय


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिन्ता वा तनाव वर्तमान समयको ज्वलन्त समस्या भएर देखा परेको छ ।

यो समस्याबाट पीडित व्यक्तिहरू बाहिरबाट हेर्दा सामान्यझैँ देखिए पनि भित्रभित्रै खोक्रो भइसकेका हुन्छन् । तनावका कारण उनीहरूको संसार उराठ, जिन्दगी निरस अनि सर्वस्व धरापमा परेको हुन्छ । त्यसैले यस्तो समस्याबाट जतिसक्दो छिटो निस्कनु राम्रो हो ।

यसरी कम गर्नुस् तनाव

–तनाव उत्पन्न गराउने कारक तत्वबाट सकेसम्म टाढा रहने ।

–सकेसम्म शान्त भएर बस्न प्रयास गर्ने ।

–यति गर्दा पनि तनाव आइरहन्छ, त्यसलाई पन्छाउन सकिँदैन भन्ने लाग्यो भने त्यसप्रति उपेक्षाभाव राख्ने ।

–दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्यधारण गर्न प्रयास गर्ने ।

–मनभित्र दबिएर बसेका भावना वा कुण्ठालाई बाहिर निकाल्ने ।

–सम्भव भएसम्म खुसी र आनन्दपूर्ण वातावरणमा बस्ने ।

–सत्संग गर्ने । सकारात्मक भावनायुक्त साथीसँगीसित मात्र संगत गर्ने ।

–सात्विक वा सादगीपूर्ण आहारविहार एवं जीवनशैली अँगाल्ने ।

–गहिरो सास लिने, छोड्ने र नियमित प्राणायाम गर्ने । नियमित योगाभ्यासका साथै दैनिक कम्तीमा २० मिनेट ध्यान गर्ने ।

–यति गर्दा पनि तनावसम्बन्धी मानसिक तथा शारीरिक लक्षण देखा परेको अवस्थामा चिकित्सकको परामर्श लिने । – एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ५ : ४५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा