पाथीभरा मन्दिर छेउको जंगलमा डढेलो « Khabarhub

पाथीभरा मन्दिर छेउको जंगलमा डढेलो

तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएन


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– प्रसिद्ध धार्मिकस्थल पाथीभर मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ।

फुङलिङ् नगरपालिका–११ मा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानीयले बताएका छन् ।

स्थानीय राजेन्द्र महतले दिएको जानकारी अनुसार डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था छैन ।

बिहीबार बेलुकादेखि नै आगो लाग्न थालेको पाइएको बताउँदै महतले स्थानीय शुक्रबार थाहा पाएर प्रहरीलाई खबर गरेको बताए । अहिले हावा पनि चल्न थालेकाले झन आगो फैलिएको भन्दै स्थानीय त्रसित भएका छन् ।

पाथीभरा मन्दिरदेखि डढेलो लागेको स्थल एक किलोमिटर तल पर्छ। आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ।

आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ। यो रेडपाण्डा पाइने क्षेत्र पनि हो।

आगलागी नियन्त्रणका लागि फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली पठाउने तयारी भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले बताए।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ११ : ५७ बजे

कोप–३१ मा नेपालको राष्ट्रिय पेभिलियन उद्घाटन, भोटेकोशी विपदबारे विश्वको ध्यानाकर्षण

अन्ताल्या– टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

काठमाडौँ– नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी

यमपञ्चक : आज गोवर्द्धन पूजा र हली तिहार मनाइँदै

काठमाडौँ– आज कार्तिक शुक्ल प्रतिपदा । यमपञ्चक अन्तर्गत आज गोवर्द्धन,

आज २०८३ साल कात्तिक २४ गते मंगलबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २४ गते मंगलबार सन् २०२६

सुन्दर कीर्तिपुर मैदान (फोटो फिचर)

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय