खुमलटारमा प्रचण्ड–नेपाल समूहका नेतासँग बामदेवको छलफल « Khabarhub

खुमलटारमा प्रचण्ड–नेपाल समूहका नेतासँग बामदेवको छलफल


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका उपाध्यक्ष बामदेव गौतम नेकपाको प्रचण्ड–नेपाल समूहसँग छलफल गरेर फर्किएका छन् ।

उनी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। प्रचण्ड निवास खुमलटारमा बिहान पुगेका उपाध्यक्ष गौतम ४५ मिनेटर बसेर छलफल गरेर फर्किएका थिए ।

प्रचण्ड–गौतमबीच पार्टीको पछिल्लो गतिविधि र दुवै पक्षको भेला, बैठकबारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् । उनले केही दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए ।

गौतम खुमलटार पुग्दा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ पनि प्रचण्डसँगै छलफलमा थिए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १२ : ११ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर