खुमलटारमा प्रचण्ड–नेपाल समूहका नेतासँग बामदेवको छलफल « Khabarhub

खुमलटारमा प्रचण्ड–नेपाल समूहका नेतासँग बामदेवको छलफल


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका उपाध्यक्ष बामदेव गौतम नेकपाको प्रचण्ड–नेपाल समूहसँग छलफल गरेर फर्किएका छन् ।

उनी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। प्रचण्ड निवास खुमलटारमा बिहान पुगेका उपाध्यक्ष गौतम ४५ मिनेटर बसेर छलफल गरेर फर्किएका थिए ।

प्रचण्ड–गौतमबीच पार्टीको पछिल्लो गतिविधि र दुवै पक्षको भेला, बैठकबारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् । उनले केही दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए ।

गौतम खुमलटार पुग्दा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ पनि प्रचण्डसँगै छलफलमा थिए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  १२ : ११ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६