यस्ता छन् कागतीको बोक्राबाट मिल्ने ६ लाभ « Khabarhub

यस्ता छन् कागतीको बोक्राबाट मिल्ने ६ लाभ


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कागतीको रस निचोरपछि यसको बोक्रा हामी फ्याक्ने गर्दछौ । तर, कागतीको रस जतिकै बोक्रा पनि हाम्रो स्वास्थकालागि फाइदाजनक छ भन्दा पत्यार नलाग्ला ।

फिट र स्वास्थ रहन हामी कागतीको सेवन गर्दछौ । यसमा पाइने भिटामिनले हामीलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । यस्तै कागतीको बोक्रामा समेत गुणकारी तत्वहरु पाइन्छ । जसले हामीले स्वास्थ्यसहित सुन्दरतामा समेत प्रभावकारी लाभ दिन्छ । के के छन् कागतीको बोक्राको उपयोगिता ?

१. कागतीको बोक्राको सेवन शरीरबाट कोलेस्ट्रोलको स्तर घटाउन उपयोगी हुन्छ । शरीरमा कोलेस्ट्रोलको अधिक मात्राले मुटुलाई समेत हानी पुर्‍याउन सक्छ ।

२. कागतीको बोक्रा हाम्रो शरीरको तौल घटाउन पनि उपयोगी हुन्छ । यसको सेवनले शरीरमा जम्मा भएर रहेको अतिरिक्त बोसोलाई हटाउने काम गर्दछ ।

३. कागतीको बोक्राको सेवनले क्यान्सरबाट जोगाउँछ । यसमा रहेको तत्वले क्यान्सरका सेल्सहरुसंग लड्नका लागि सहयोगी सावित हुन्छन् ।

४. कागतीको बोक्रा अनुहारमा दलेमा चाउरीपना, डण्डिफोर तथा गहिरो दाग समेत हराउने गर्दछ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई चम्किलो र आकर्षक पार्दछ ।

५. कागतीको बोक्रामा क्याल्सियम तथा भिटामिन सी पाइन्छ । जसले हड्डीसँग सम्बन्धित रोग ओस्टियोपोरोसिस, अर्थराइटिस तथा इन्फ्लेमेटरी पोलिअर्थराइटिसबाट बचाउँछ ।

६. हाम्रो शरीरमा विभिन्न प्रकारका टक्सिनहरु हुन्छन् । ती पदार्थहरुले हाम्रो शरीरलाई भित्रभित्रै कमजोर बनाउनुका साथै अल्कोहल तथा हानीकारण खाद्य पदार्थहरु सेवन गर्ने इच्छा बढाउँछ । यस्तोमा कागतीको बोक्रा आफ्नो अमिलो स्वाद तथा स्वभावका कारण, ती विषालु पदार्थलाई टाढा राख्न सहयोगी सावित हुन्छ ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  २ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै