संसद विघटनविरुद्ध जसपाले निकालेको मसाल जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप « Khabarhub

संसद विघटनविरुद्ध जसपाले निकालेको मसाल जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै जनता समाजवादी पार्टी (जसपा) ले शनिबार विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रहरी हस्तक्षेपकाबीच शनिबार जसपाले राजधानीमा मसाल जुलुस निकालेको हो । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक कदम’विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच झडप समेत भएको थियो ।

यसैबीच जसपाका नेता तथा कार्यकर्ताहरुले सप्तरीमा पनि वरोध प्रदर्शन गरेका छन् ।  संसद विघटनको विरोधमा स्थानीय शिवमन्दिर प्राङणबाट मसाल जुलुससहित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।

मसाल जुलुसमा सहभागिहरुले प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक कदम खारेज गर’, ‘सर्वसत्तावादी मुर्दावाद’ लगायतका नाराबाजी गरेका थिए ।

तस्वीर : रुटिन अफ पोखराको फेसबुकबाट

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ०६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर