संसद विघटनविरुद्ध जसपाले निकालेको मसाल जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप « Khabarhub

संसद विघटनविरुद्ध जसपाले निकालेको मसाल जुलुस प्रदर्शनमा प्रहरी हस्तक्षेप


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै जनता समाजवादी पार्टी (जसपा) ले शनिबार विभिन्न जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ ।

प्रहरी हस्तक्षेपकाबीच शनिबार जसपाले राजधानीमा मसाल जुलुस निकालेको हो । सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक कदम’विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच झडप समेत भएको थियो ।

यसैबीच जसपाका नेता तथा कार्यकर्ताहरुले सप्तरीमा पनि वरोध प्रदर्शन गरेका छन् ।  संसद विघटनको विरोधमा स्थानीय शिवमन्दिर प्राङणबाट मसाल जुलुससहित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।

मसाल जुलुसमा सहभागिहरुले प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक कदम खारेज गर’, ‘सर्वसत्तावादी मुर्दावाद’ लगायतका नाराबाजी गरेका थिए ।

तस्वीर : रुटिन अफ पोखराको फेसबुकबाट

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ७ : ०६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा