संसद विघटनविरुद्धको रिटमा अदालतले जनमतको कदर गर्छ : नेता रावल « Khabarhub

संसद विघटनविरुद्धको रिटमा अदालतले जनमतको कदर गर्छ : नेता रावल


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै न्यायालयले उचित फैसला गर्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश पोख्दै संविधानको कुनै पनि धारामा संसद विघटनको कुरा उल्लेख नभएको तर्क गरे ।

रावलले आफू वरिपरिका बस्नेहरुले काम गर्न दइएन भन्नुपनि गलत भएको टिप्पणी गर्दै निजगढ, पोखरा, भैरहवा विमानस्थल लगाएतका आयोजना निर्माणमा कुनै अवरोध नभएको बताए ।

रावलले पार्टीको पुस १ गते बस्ने स्थायी कमिटीको बैठकबारे सुनाउँदै उक्त बैठक बस्नुअघि नै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको बताए ।

भदौ २६ गतेनेकपाको स्थायी कमिटीले निर्णय गरिसकेपछि उक्त सहमतिमा अध्यक्षद्वय ओली र दाहालको हस्ताक्षर रहेको पत्र देखाउँदै सहमतिबाट ओलीपछि हटेको पनि रावलले आरोप लगाए ।

नेता रावलले ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरु नरहेको जिकिर गरे ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ९ : ५७ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ