कोरोनाका कारण चीनमा मृत्यु हुनेको संख्या ८० पुग्यो, केही दिनभित्र कोरोनाभाइरस परीक्षण नेपालमै « Khabarhub

कोरोनाका कारण चीनमा मृत्यु हुनेको संख्या ८० पुग्यो, केही दिनभित्र कोरोनाभाइरस परीक्षण नेपालमै


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइसरका कारण चीनमा मृत्यु हुने मानिसको संख्या ८० पुगेको छ ।

चीनको हुवेई प्रान्तमा मात्र ७६ जनाको मृत्यु भएको छ भने अन्य प्रान्तका विभिन्न शहरमा थप ४ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

२ हजार ७ सय ४४ मानिस कोरोनाको संक्रमणपछि अस्पतालमा उपचारारत छन् भने झण्डै ६ हजार मानिसलाई संक्रमण भएको आशंका गरिएको छ । ३० हजार मानिसलाई प्रत्यक्ष निगरानीमा राखिएको चिनियाँ अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

मानिसबाट मानिसमा सर्ने यो भाइरस सबै भन्दा घातक मानिएको छ । अनेकौं प्रयासका बाबजुद कोरोनाको प्रकोप नियन्त्रणमा नआएपछि चीनका राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

चिनियाँ नववर्षका दिन बिदाको बेलामा आयोजित एउटा उच्चस्तरीय बैठकपछि राष्ट्रपति सीले वरिष्ठ चिनियाँ अधिकारीहरूलाई देश गम्भीर परिस्थितिमा गुज्रिरहेकाले यसबाट बाहिर निस्कन भगिरथ प्रयत्न गरिरहेको जनाएका छन् ।

कोरोनाको सुरुवाती बिन्दु मानिएको चीनको बुहानमा सबै सार्वजनिक यातायात बन्द गरिए पनि संक्रमण रोकिएको छैन । बरु अझ फैलदै गएकोमा चीन सरकार चिन्तित बनेको हो ।

बीबीसीका अनुसार कोरोनाले महामारीको रुप लिँदै गएको तथा संसारभर फैलदै गएको छ ।  अहिलेसम्म दुई दर्जनभन्दा बढी देशमा कोरोना देखिएपछि संसारभर सतर्कता अपनाइएको छ ।

स्वास–प्रस्वासमा समस्या हुने तथा उच्च ज्वरो आउनेसहितका लक्ष्यण देखिँदै मानिसको मृत्यु नै हुन थालेपछि कोरोनाकाबिरुद्ध संसारभर सतर्कता अपनाइएको हो ।

नेपालमै परीक्षण गर्ने तयारी

नेपालमा समेत कोरोनाको संक्रमण देखिएपछि आगामी सातादेखि यसको परीक्षण स्वदेशमै गर्ने गरीको तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नेपालमै कोरोनाभाइरसको परीक्षणको व्यवस्था मिलाउन सबै तयारी गरिसकेको बताए ।

सम्भवत: एक-दुई दिनभित्रै त्यस्तो व्यवस्था मिलाउने र ढिलो भएमा पनि एक साताभित्र परीक्षणको सुविधा नेपालमा नै उपलब्ध हुने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउने मानिसहरूलाई विशेष निगरानी गर्न थालिएको उनले बताए ।

संक्रमण भएको शंका लागेमा आइसोलेसन वार्डमा राखेर उपचार गरिने गरिएको छ ।

अहिले टेकु अस्पतालमा दुई जनामा कोरोना संक्रमणको आशंकामा उपचार भइरहेको छ । र उनीहरुको स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको छ ।

नेपालमा एक जनालाई कोरोनाको  संक्रमण भएको पुष्टि भइसकेको छ भने अन्य ३ जनामा संक्रमणको आशंका गर्दै स्याम्पल जाँचका लागि हङकङ पठाइएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ८ : ४० बजे

कांग्रेस सहमहामन्त्री रामहरिले १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी