‘साङ्लो’ को गीत: विराज र निकिताले यसरी मर्काए कम्मर (भिडियो) « Khabarhub

‘साङ्लो’ को गीत: विराज र निकिताले यसरी मर्काए कम्मर (भिडियो)


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्टर पूर्वमिस नेपाल तथा डेब्यु अभिनेत्री निकिता चाण्डकको फिल्म ‘साङ्लो’ को गीत सार्वजनिक गरिएको छ ।

आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा निशान भट्टराई र अञ्जु पन्तको स्वर छ । यस्तै गीतका शब्द निशान भट्टराईले नै लेखेका हुन् भने संगीत सुरेश अधिकारीले भरेका छन् ।

भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । भिडियोमा विराज र निकिताको रोमान्स देख्न सकिन्छ ।

माघ २४ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्म रिलिजअघि चर्चामा छ । फिल्ममा विराज भट्टको निर्देशन र निर्माणसमेत छ ।

विराज र निकिताको शीर्ष भूमिका रहेको फिल्ममा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै फिल्ममा अर्जुन जिसीको सम्पादन, श्री श्रेष्ठको एक्सन, शिवम् अधिकारीको लेखन रहेको छ ।

फिल्मलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने एलिस कार्कीले पार्श्वध्वनि भरेका हुन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १ : ३८ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड