'साङ्लो' को गीत: विराज र निकिताले यसरी मर्काए कम्मर (भिडियो) | Khabarhub Khabarhub

‘साङ्लो’ को गीत: विराज र निकिताले यसरी मर्काए कम्मर (भिडियो)


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विराज भट्टर पूर्वमिस नेपाल तथा डेब्यु अभिनेत्री निकिता चाण्डकको फिल्म ‘साङ्लो’ को गीत सार्वजनिक गरिएको छ ।

आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीतमा निशान भट्टराई र अञ्जु पन्तको स्वर छ । यस्तै गीतका शब्द निशान भट्टराईले नै लेखेका हुन् भने संगीत सुरेश अधिकारीले भरेका छन् ।

भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । भिडियोमा विराज र निकिताको रोमान्स देख्न सकिन्छ ।

माघ २४ गतेदेखि प्रदर्शनमा आउन लागेको यो फिल्म रिलिजअघि चर्चामा छ । फिल्ममा विराज भट्टको निर्देशन र निर्माणसमेत छ ।

विराज र निकिताको शीर्ष भूमिका रहेको फिल्ममा जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै फिल्ममा अर्जुन जिसीको सम्पादन, श्री श्रेष्ठको एक्सन, शिवम् अधिकारीको लेखन रहेको छ ।

फिल्मलाई मानकृष्ण महर्जनले खिचेका हुन् भने एलिस कार्कीले पार्श्वध्वनि भरेका हुन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १ : ३८ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना