५ मन्त्री सहभागी बैठकको निर्णय: देशभरका क्रसर उद्योगको अनुगन गर्न समिति गठन « Khabarhub

५ मन्त्री सहभागी बैठकको निर्णय: देशभरका क्रसर उद्योगको अनुगन गर्न समिति गठन


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर सञ्चालनमा क्रसर उद्योगको अनुगमन तथा वातावरणीय प्रभावको विषयमा अनुगमन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन हुने भएको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको ५ जना मन्त्रीहरुको बैठकले डुंगा, टिट्टी, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन् र प्रयोगका सम्बन्धमा दर्ता भए–नभएको, मापदण्ड पुगे–नपुगेको र पर्यावरणीय हिसवाले अनुकुल भए–नभएको विषयमा अनुगमन गरी प्रतिवेदन बनाउने गरी गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा (बादल), संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले गरेको निर्णयानुसार गठन हुने समितिको संयोजकमा गृह मन्त्रालयको सहसचिव संयोजक हुने छन् भने अन्य ५ मन्त्रालयका सहसचिव सदस्य हुनेछन् ।

उक्त वैठकले खानी तथा नदीजन्य पदार्थ, माटो, ढुंगा, टिट्टी तथा बालुवाको उत्खनन्का सम्बन्धमा तयार पारिएको ‘राष्ट्रिय मापदण्ड’ मन्त्रिपरिषदबाट छिटो पारित गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको उक्त मापदण्ड हाल कानून मन्त्रालयमा छ । कानून मन्त्रालयको सहमति पछि उक्त मापदण्ड मन्त्रिपरिषदबाट स्वीकृत हुने छ ।

केही समय अगाडि प्राकृति स्रोतमाथि अवैधानिक रुपमा भइरहेको दोहनको विरोध गर्ने युवा दिलिप हत्या भएपछि सरकारको आलोचना हुँदै आइरहेको थियो ।

देशभर नै अवैधानिक रुपमा प्राकृति स्रोतको दोहन बढेको भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ४ : २० बजे

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई