५ मन्त्री सहभागी बैठकको निर्णय: देशभरका क्रसर उद्योगको अनुगन गर्न समिति गठन « Khabarhub

५ मन्त्री सहभागी बैठकको निर्णय: देशभरका क्रसर उद्योगको अनुगन गर्न समिति गठन


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशभर सञ्चालनमा क्रसर उद्योगको अनुगमन तथा वातावरणीय प्रभावको विषयमा अनुगमन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन हुने भएको छ ।

सोमबार गृह मन्त्रालयमा बसेको ५ जना मन्त्रीहरुको बैठकले डुंगा, टिट्टी, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन् र प्रयोगका सम्बन्धमा दर्ता भए–नभएको, मापदण्ड पुगे–नपुगेको र पर्यावरणीय हिसवाले अनुकुल भए–नभएको विषयमा अनुगमन गरी प्रतिवेदन बनाउने गरी गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री रामबहादुर थापा (बादल), संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

उक्त बैठकले गरेको निर्णयानुसार गठन हुने समितिको संयोजकमा गृह मन्त्रालयको सहसचिव संयोजक हुने छन् भने अन्य ५ मन्त्रालयका सहसचिव सदस्य हुनेछन् ।

उक्त वैठकले खानी तथा नदीजन्य पदार्थ, माटो, ढुंगा, टिट्टी तथा बालुवाको उत्खनन्का सम्बन्धमा तयार पारिएको ‘राष्ट्रिय मापदण्ड’ मन्त्रिपरिषदबाट छिटो पारित गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको उक्त मापदण्ड हाल कानून मन्त्रालयमा छ । कानून मन्त्रालयको सहमति पछि उक्त मापदण्ड मन्त्रिपरिषदबाट स्वीकृत हुने छ ।

केही समय अगाडि प्राकृति स्रोतमाथि अवैधानिक रुपमा भइरहेको दोहनको विरोध गर्ने युवा दिलिप हत्या भएपछि सरकारको आलोचना हुँदै आइरहेको थियो ।

देशभर नै अवैधानिक रुपमा प्राकृति स्रोतको दोहन बढेको भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ४ : २० बजे

बिहे नहुँदै खोप लगाए ९० प्रतिशतलाई पाठेघरको मुखको क्यान्सर हुँदैन

आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ।

लमजुङमा १४औँ पटक हात्तीपाइलेरोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ – लमजुङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधी

प्रचण्ड सरकार डेढ महिना नपुग्दै अप्ठ्यारोमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व

कांग्रेससहित प्रतिपक्ष दलको बैठक बस्दै

काठमाडौँ – राष्ट्रियसभा उपाध्यक्षको चयनको पुर्व सन्ध्यामा नेपाली कांग्रेसले संघीय

पटक-पटक स्थगित माओवादी स्थायी समिति बैठक आज बस्दै

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी पटक पटक सरेर