थ्रीस्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा « Khabarhub

थ्रीस्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जित हात पार्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ ।

उपाधिको दाबेदार मानिएको थ्रीस्टारविरुद्धको खेलमा मछिन्द्र २–० गोल अन्तरले विजयी भएको हो ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा अर्को दावेदार टोली थ्रीस्टार क्लबमाथि २–० को जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ ।

मछिन्द्रलाई जिताउन खेलको ३८औं मिनेटमा रेजिन सुब्बाले तथा ९० औं मिनेटमा विशाल राईले एक–एक गोल गरेका थिए ।

मछिन्द्र ९ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब १७ अंकसहित दोस्रो स्थानमा छ ।

साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब १६ अंकसहित तेस्रो स्थानमा छ । १४ अंकको थ्रीस्टार चौथो स्थानमा यथावत् छ ।

यसैबीच सोमबार नै भएको खेलमा जित हात पार्दै नेपाल पुलिस क्लब पाँचौं स्थानमा पुगेको छ । सोमबारै दशरथ रंगशालामा भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पाँचौं स्थानमा पुगेको हो ।

पुलिसलाई जिताउन कप्तान भोलानाथ सिलवालले खेलको १३औं मिनेटमा निर्णायक गोल गरे । पराजित सशस्त्र ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । मंगलबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले र सरस्वती युथ क्लबबीच दिउँसो १२ बजे प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : ११ बजे

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन