काठमाडौं – दिपेन्द्र लामाको लेखन तथा निर्देशनमा चलचित्र ‘२ नम्बरी’को बन्ने भएको छ । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको औपचारिक घोषणा गरियो ।
निर्माण टिमका अनुसार फिल्मले २ साथीको कथा पस्किनेछ । पहिलोपटक दयाहाङ राई र पल शाहले यही फिल्मबाट एकसाथ काम गर्दैछन् । चलचित्रको शीर्ष भूमिकामा नायिका वर्षा राउत र बुद्धि तामाङको पनि अभिनय रहनेछ ।
निर्देशक लामाले एक गाउँका २ जना साथी, उनीहरुको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्ने बताए । चलचित्रले दुई नम्बरी कामलाई पनि उठाउने उनले बताए ।
कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले पनि चलचित्रको कथा मन परेपछि आफू काम गर्न तयार भएको प्रतिक्रिया दिए । यता पल शाहले पनि कथाले आफूलाई तानेको भन्दै थपे ।
रेड बर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ छन् ।
किरण नेपालीको प्रस्तुतीमा तयार हुन लागेको चलचित्रमा रोहित कट्टेल र सरोज नेपालीको लगानी रहनेछ । यस्तै चलचित्रमा अमलादेवी राई सह–निर्माण रहनेछ ।
सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहने यो चलचित्रको छायांकन माघको २५ गतेबाट थालिने जनाइएको छ ।
प्रतिक्रिया