प्रदेश नं १ को प्रदेशसभा अधिवेशन माघ २३ देखि « Khabarhub

प्रदेश नं १ को प्रदेशसभा अधिवेशन माघ २३ देखि


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रदेश नं १ को प्रदेशसभाको आगामी पाँचौँ अधिवेशन यही माघ २३ गते शुरु हुने भएको छ ।

प्रदेश नं १ को मुख्यमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी हिउँदे अधिवेशन यही माघ २३ बोलाउनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेश लगानी बोर्डको कार्यकारी निर्देशकमा डा सरोज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा डा महेन्द्रबहादुर गुरुङ, जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेत र सूचना प्रविधि सल्लाहकारमा किशोर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

बैठकले प्रादेशिक औद्योगिक व्यवसायसम्बन्धी विधेयक २०७६, प्रदेश वन विधेयक २०७६, प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश बालबालिका अधिकार सम्बन्धमा व्यवस्था गर्न विधेयक २०७६ प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त प्रदेश बनाउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत सातै वटा मन्त्रालयको एक सय मिटर वरिपरि निषेध गर्नुका साथै प्रदेशभरि नियमन, नियन्त्रण तथा निषेध गर्नेलगायतका २४ वटा निर्णय भएको मन्त्री आङबोले जानकारी दिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १० : १२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै