सुर्खेतका सडक धमाधम निर्माण हुँदै « Khabarhub

सुर्खेतका सडक धमाधम निर्माण हुँदै


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ ।

राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि बढाएको हो ।

वीरेन्द्रनगरभित्रका सडक गर्मीमा धुलाम्य तथा वर्षात्मा हिलाम्य हुने र बिग्रँदा भत्कँदा पनि सरकारले ध्यान नदिएको भन्दै वर्षे अधिवेशनमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए । राजधानी सुर्खेतको सडक, खानेपानी र विद्युत् आपूर्तिमा देखिएको समस्यालाई प्रदेशसभा सदस्यले उठाएपछि सरकारले त्यसतर्फ बढी जोड गरेको हो ।

प्रदेशसभा सदस्यको ध्यानाकर्षण र सरोकारवालाको सुझावसँगै कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले राजधानी शहरका सडक पुस दोस्रो सातादेखि धमाधम निर्माण गर्न शुरु गरेको छ । भौतिक पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक वासुदेव पौडलका अनुसार २५ किलोमिटर सडक निर्माण हुन थालेको हो ।

“प्रदेश राजधानी शहरी सडक निर्माण कार्यक्रमअन्तर्गत नालीसहित २६ किलोमिटर सडक निर्माण गर्दैछौँ”, निर्देशक पौडेलले भने, “यसका लागि रु ४७ करोड बजेट विनियोजन गरिएको छ ।”

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ८ : २७ बजे

गाजामा आँधीका कारण जनजीवन जोखिममा, उद्धार कार्य प्रभावित

एजेन्सी– गाजा क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण एक बालक र

जाँचबुझ आयोगमा बयान दिएर बाहिरिए लेखक, पत्रकार सम्मेलन गर्दै

काठमाण्डौं – गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

चितवन– आन्तरिक राजस्व कार्यालय खैरहनीबाट हुँदै आएका काम स्थानीय तहलाई

रैथाने उत्पादन र मह प्रवर्द्धनमा रत्ननगर महोत्सव

नारायणगढ– रैथाने संस्कृति, परम्परागत स्वाद र महको महत्वलाई उजागर गर्ने

ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार नाघ्यो

ताप्लेजुङ– ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७