माध्यमिकी परिक्रमा गर्ने टोली जलेश्वरमा « Khabarhub

माध्यमिकी परिक्रमा गर्ने टोली जलेश्वरमा


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर- मिथिलाको ऐतिहासिक १५ दिने माध्यमिकी परिक्रमा गर्ने टोली जलेश्वर आइपुगेको छ ।

बुधबार महोत्तरीको मटिहानी आइपुगेको टोली बिहीबार मध्यान्ह जलेश्वर आइपुगेको हो ।

धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट शुरु भएको यो परिक्रमामा भारतको कलना, फुलहर, करुणा र विसौललगायतका क्षेत्रका हजारौ व्यक्त सहभागि छन् ।

परिक्रमामा सहभागीहरुले “माथा पर मोटरी जय सियाराम, हरदम बोलु जय सिया राम” भन्दै हिँड्ने गरेको स्थानीयले बताएका छन् ।

विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमालाई मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा लिइन्छ ।

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो संख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता छ ।

प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी(सीता) अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत रुपमा शरु भएको हो ।

अति नै कठोर मानिएको धर्मरक्षा उद्देश्यसहित परिवारमा सुख शान्ति, पाप र रोग व्याधिबाट मुक्ति लाभको कामना गर्दै परिक्रमामा आएका श्रद्धालुहरुको भनाइ छ ।

परिक्रमामा आएको किशोरी जी र मिथिला विहारीको डोलाको स्थानीयले स्वागत गरेका छन् । मटिहानीमा मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डल लगायतका पदाधिकारीहरुले टोलीलाई स्वागत गरेका थिए ।

उनीहरुलाई निशुल्क खानाको व्यवस्था गरिएको थियो ।

शुभम साहबाट

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १ : २७ बजे

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय