धुर्मुसको रणनीति: समय नदिएर झुर फिल्म बनाउने, भंयकर प्रचार गर्ने ! « Khabarhub

धुर्मुसको रणनीति: समय नदिएर झुर फिल्म बनाउने, भंयकर प्रचार गर्ने !


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीताराम कट्टेल उर्फ धुर्मुसको फिल्म ‘सेन्टीभाइरस’ हेरेका दर्शकले भन्छन् – यो फिल्म खासै राम्रो छैन ।

तर, फिल्मले व्यापार भने गरिरहेको छ । फिल्म चलाउन कलाकारको जम्बो टोली हल–हलमा पुगेको छ । चितवनमा निर्माणाधीन रंगशालाका लागि सहयोगार्थ भन्दै प्रचार गरिरहेको छ । दर्शकले पनि धुर्मुसको ‘नारा’ मा सहमति जनाउँदै फिल्मको टिकट काटिरहेका छन् । स्कूल नै ओइरिएर फिल्म हेर्न आइरहेका छन् । हल बूकिङ गरिरहेका छन् ।

दर्शकको अगाडि गएर धुर्मुसले फिल्म हेर्दै भन्छन् – दर्शकले मन पराइदिनुभयो । हामीलाई निकै खुशी लागेको छ ।

फिल्मको मार्केटिङ गर्न माहिर देखिएका धुर्मुसले फिल्म रिलिजपूर्व पनि हास्य टेलिश्रृङ्खला ‘सक्किगोनि’ र ‘मेरी बास्सै’ मार्फत फिल्मको प्रचार गरेका थिए । प्रचारको शैली यस्तो थियो, मानौं, धुर्मुस भनेका बस्ती बनाइदिने गरीबहरुका भगवान हुन् ।

यसरी प्रचार गरिएको फिल्मले रिलिजको दिन नै दर्शक बटुल्यो । हलसम्म दर्शक ओसार्न यो फिल्म सफल पनि देखियो । तर, दर्शक र समीक्षकलाई फिल्म दमदार लागेन ।

प्रचारका क्रममा मिडियामा धुर्मुसले भनेका थिए – समय दिन नसक्दा फिल्मले भनेजस्तो बन्न सकेको छैन ।

फिल्म हेरेका सेलिब्रेटीले पनि ‘सेन्टीभाइरस’ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिइरहेका छन् । तर, धुर्मुसले भने सस्तो फिल्मको महंगो प्रचार गरिरहेका छन् । प्रचारमा यति बिघ्न खटिनुभन्दा थप केही समय लगाएर बरु फिल्म नै राम्रो बनाएको भए दर्शकलाई कमसेकम राहत त हुने थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  २ : २३ बजे

बूढीगण्डकीमा आएको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर