ईश्वर पोखरेललाई जनार्दनको प्रश्न– श्वेत पत्रमा मेरो नाम कसरी आयो ? « Khabarhub

ईश्वर पोखरेललाई जनार्दनको प्रश्न– श्वेत पत्रमा मेरो नाम कसरी आयो ?


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता जनार्दन शर्माले नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको स्वेतपत्रप्रति आपत्ति जनाएका छन् ।

विहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपा नेता शर्माले श्वेत पत्रमा आफ्नो नाम अनावश्यक रुपमा आएको दाबी गरे ।
श्वेतपत्रमा आफ्नो नाम आएको मिडियाबाट थाहा पाएपछि तथ्य खोज्न नेपाल ट्रष्टको कार्यालय पुगे पनि हेर्न नदिइएको शर्माको भनाइ छ ।

‘ट्रष्टको कार्यालयमा गएँ । माइन्यूटमा के लेखिएको छ हेर्न चाहे र निवेदन दिए । तर त्यो हेर्न दिइएन । ताल्चा लगाएको छ खोल्न मिल्दैन भनियो,’ उनले भने,‘ कर्मचारी साथीहरुसँग सोधे । म गृहमन्त्री हुँदा ट्रस्ट कार्यालयमा कहिल्यै आएको थिएन । आज त आए । कसरी आयो त मेरो नाम भनेर सोधे । उनीहरुले हजुर त आउनु भएको थिएन, मिटिङ गर्नु भएको थिएन भनेरै भनेको थियौं त्यही । कुनै निर्णय भएको छैन उहाँको पालामा भनेका थियौं भने । ’

आफूले त्यसबारे मुख्य सचिव (तत्काली गृह सचिव)लाई पनि सोधेको तर त्यस्तो निर्णयमा आफ्नो संलग्नता नरहेको जानकारी पाएको उनले बताए ।

‘मैले मुख्य सचिवलाई पनि सोधे । मुख्यसचिव म गृहमन्त्री हुँदा त्यही मन्त्रालयमा हुनुहुन्थ्यो ’ उनले भने,‘ मैले उहाँलाई सोधे । केही निर्णय भएको थियो त भनेर सोधे । उहाँले यो विवरण झुटा हो ? हजुरको पालामा पनि भएन अरुको पालामा पनि भएको थिएन, भन्नुभयो ।’

नेता शर्माले झुट्टा विरण पेश गरिएको यो श्वेत पत्र हो कि अश्वेत पत्र भन्दै प्रश्न गरे ।

‘श्वेत पत्र भए जस्ताको तस्तै आउनु परो । अश्वेत पत्र भए यो मान्ने कुरा भयो’ उनले भने ।

२०७४ कात्तिक १३ गते निर्णय भएको भनेर श्वेतपत्रमा आफ्नो पनि नाम परेको तर उत्त मितिमा आफू गृहमन्त्री नै नरहेको उनले बताए ।

‘कात्तिक १३ गते होइन असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै पत्रकार सम्मेलन गरे र विनाविभागीय जिम्मेवारीमा थिए र मन्त्री नै छैन ।’ उनले भने,‘ मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेख्ने कुरा र कर्मचारीले नाम छैन भन्दा भन्दै लेख्नु पर्ने कारण के हो ?’

श्वेतपत्रमा लेख्नु पर्ने नाम नलेखिएको र लेख्नुनपर्ने नाम लेखिएको कारण यो श्वेत नभइ अश्वेत पत्र भएको उनको भनाइ छ ।

गतल कुराहरु गरेर सरकारले आफूलाई ढाट्न खोजेपनि जनतालाई ढाट्न नमिल्ने उनले बताए ।

‘मलाई त ढाट्न सक्छ तर के जनतालाई ढाट्न सक्छ ? जनता र मतदातालाई ढाट्ने किमार्थ सक्दैन’ उनले भने,‘जनता र मतदातालाई ढाट्ने सरकारले कहिलेपनि काम गर्न सक्दैन ।’

हुँदै नभएका कुराहरु उल्लेख गरेका कारण विश्वासको संकट परेको उनको भनाइ छ ।

उनले भने,‘विश्वासको संकट पर्‍यो यहाँ, मलाई जवाफ चाहिन्छ ।’

सकारात्मक रुपमा आफ्नै पार्टीको सरकारलाई सहयोग गर्दा गर्दै यो नभएका विषय लेख्नु को के अथ हो भन्दै उनले प्रश्न गरे ।

नेता शर्माले आफूलाई यसबारे प्रधानमन्त्री, रक्षामन्त्री र सरकारले जवाफ दिनुपर्ने माग गरे ।

उनले ट्रष्टका नाममा बाँडिएका सबै सम्पत्ति फिर्ता ल्याउनु पर्ने बताए । ‘ऐन कानूहरु जसरी बनेका छन् त्यसको दुरुपयोग भएको छ त्यसलाई सच्याउनु पर्छ ’ उनले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १ : ५४ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को