ईश्वर पोखरेललाई जनार्दनको प्रश्न– श्वेत पत्रमा मेरो नाम कसरी आयो ? | Khabarhub Khabarhub

ईश्वर पोखरेललाई जनार्दनको प्रश्न– श्वेत पत्रमा मेरो नाम कसरी आयो ?


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता जनार्दन शर्माले नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको स्वेतपत्रप्रति आपत्ति जनाएका छन् ।

विहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपा नेता शर्माले श्वेत पत्रमा आफ्नो नाम अनावश्यक रुपमा आएको दाबी गरे ।
श्वेतपत्रमा आफ्नो नाम आएको मिडियाबाट थाहा पाएपछि तथ्य खोज्न नेपाल ट्रष्टको कार्यालय पुगे पनि हेर्न नदिइएको शर्माको भनाइ छ ।

‘ट्रष्टको कार्यालयमा गएँ । माइन्यूटमा के लेखिएको छ हेर्न चाहे र निवेदन दिए । तर त्यो हेर्न दिइएन । ताल्चा लगाएको छ खोल्न मिल्दैन भनियो,’ उनले भने,‘ कर्मचारी साथीहरुसँग सोधे । म गृहमन्त्री हुँदा ट्रस्ट कार्यालयमा कहिल्यै आएको थिएन । आज त आए । कसरी आयो त मेरो नाम भनेर सोधे । उनीहरुले हजुर त आउनु भएको थिएन, मिटिङ गर्नु भएको थिएन भनेरै भनेको थियौं त्यही । कुनै निर्णय भएको छैन उहाँको पालामा भनेका थियौं भने । ’

आफूले त्यसबारे मुख्य सचिव (तत्काली गृह सचिव)लाई पनि सोधेको तर त्यस्तो निर्णयमा आफ्नो संलग्नता नरहेको जानकारी पाएको उनले बताए ।

‘मैले मुख्य सचिवलाई पनि सोधे । मुख्यसचिव म गृहमन्त्री हुँदा त्यही मन्त्रालयमा हुनुहुन्थ्यो ’ उनले भने,‘ मैले उहाँलाई सोधे । केही निर्णय भएको थियो त भनेर सोधे । उहाँले यो विवरण झुटा हो ? हजुरको पालामा पनि भएन अरुको पालामा पनि भएको थिएन, भन्नुभयो ।’

नेता शर्माले झुट्टा विरण पेश गरिएको यो श्वेत पत्र हो कि अश्वेत पत्र भन्दै प्रश्न गरे ।

‘श्वेत पत्र भए जस्ताको तस्तै आउनु परो । अश्वेत पत्र भए यो मान्ने कुरा भयो’ उनले भने ।

२०७४ कात्तिक १३ गते निर्णय भएको भनेर श्वेतपत्रमा आफ्नो पनि नाम परेको तर उत्त मितिमा आफू गृहमन्त्री नै नरहेको उनले बताए ।

‘कात्तिक १३ गते होइन असोज ३० गतेबाट गृहमन्त्रीको जिम्मेवारीबाट हटेको छु । असोज ३० गते नै पत्रकार सम्मेलन गरे र विनाविभागीय जिम्मेवारीमा थिए र मन्त्री नै छैन ।’ उनले भने,‘ मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेख्ने कुरा र कर्मचारीले नाम छैन भन्दा भन्दै लेख्नु पर्ने कारण के हो ?’

श्वेतपत्रमा लेख्नु पर्ने नाम नलेखिएको र लेख्नुनपर्ने नाम लेखिएको कारण यो श्वेत नभइ अश्वेत पत्र भएको उनको भनाइ छ ।

गतल कुराहरु गरेर सरकारले आफूलाई ढाट्न खोजेपनि जनतालाई ढाट्न नमिल्ने उनले बताए ।

‘मलाई त ढाट्न सक्छ तर के जनतालाई ढाट्न सक्छ ? जनता र मतदातालाई ढाट्ने किमार्थ सक्दैन’ उनले भने,‘जनता र मतदातालाई ढाट्ने सरकारले कहिलेपनि काम गर्न सक्दैन ।’

हुँदै नभएका कुराहरु उल्लेख गरेका कारण विश्वासको संकट परेको उनको भनाइ छ ।

उनले भने,‘विश्वासको संकट पर्‍यो यहाँ, मलाई जवाफ चाहिन्छ ।’

सकारात्मक रुपमा आफ्नै पार्टीको सरकारलाई सहयोग गर्दा गर्दै यो नभएका विषय लेख्नु को के अथ हो भन्दै उनले प्रश्न गरे ।

नेता शर्माले आफूलाई यसबारे प्रधानमन्त्री, रक्षामन्त्री र सरकारले जवाफ दिनुपर्ने माग गरे ।

उनले ट्रष्टका नाममा बाँडिएका सबै सम्पत्ति फिर्ता ल्याउनु पर्ने बताए । ‘ऐन कानूहरु जसरी बनेका छन् त्यसको दुरुपयोग भएको छ त्यसलाई सच्याउनु पर्छ ’ उनले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १ : ५४ बजे

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

धनकुटा– ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको

डा हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको