माले महासचिव सीपी मैनाली सवार गाडी दुर्घटना « Khabarhub

माले महासचिव सीपी मैनाली सवार गाडी दुर्घटना


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मालेका महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् ।

उनी सवार गाडी महोत्तरीको बर्दिबासमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली चढेको बा ४ च २१२० नम्बरको कार दुर्घटनामा परेको हो ।

उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

गम्भीर रहेको उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  २ : ०४ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग