वामदेव गौतम राष्ट्रिय सभामा जानुहुन्छ, प्रधानमन्त्रीले पनि निर्णय मान्नुपर्छ– वरिष्ठ नेता खनाल | Khabarhub Khabarhub

वामदेव गौतम राष्ट्रिय सभामा जानुहुन्छ, प्रधानमन्त्रीले पनि निर्णय मान्नुपर्छ– वरिष्ठ नेता खनाल



काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेपछि अहिले पार्टी भित्र आन्तरिक किचलो उत्पन्न भएको छ ।

वामदेवलाई राष्ट्रिय सभामा पठाउने निर्णयलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले चुनौती दिएपछि नेकपाको नेतृत्व तह दुई धु्रवमा नै विभाजित भएको छ ।

मन्त्रिपषिदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हालका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल केही दिनमा सकिँदै छ । उनको ठाउँमा गौतमलाई नियुक्त गर्ने गरी सिफरिस गर्न सरकारलाई अनुरोध गर्ने नेकपाले निर्णय गरेको थियो ।

तर, प्रधानमन्त्री ओलीले भने आफूलाई धेराबन्दीमा पार्न खतिवडाको ठाउँमा गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको भन्दै निर्णय नमान्ने चुनौती दिएका छन् ।

ओलीको यस्तो चुनौती पछि नेकपाका शीर्ष नेताहरु अहिले दुई ध्रुवमा विभाजित भएका छन् । प्रधानमन्त्री ओलीसहित सचिवालय सदस्य ईश्वर पोखरेल एक छन् भने अन्य ७ जना सचिवालय सदस्य पार्टीले गरेको निर्णय कार्यान्वयन हुनु पर्ने पक्षमा छन् ।

दुई जना अध्यक्ष पछिको दोस्रो बरियतामा रहेका सचिवालय सदस्य एवम् वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीले पार्टीको निर्णय मान्दिन भन्न नपाउने भन्दै सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संघीय संसद भवन पुगेका नेता खनालले खबरहबसँगको कुराकानीमा वामदेव गौतमका सन्दर्भमा पार्टीले गरेको निर्णय कुनै पनि हालतमा लागू हुने बताए ।

प्रधानमन्त्रीले पार्टीको निर्णय नमान्ने भन्ने विषयसँग सम्बन्धित जिज्ञासमा खनालको भनाइ थियो, ‘यो पार्टीको निर्णय हो । पार्टीले गरेको निर्णय सबै नेता, कार्यकर्ता र सुभेच्छुकले मान्नुपर्ने हुन्छ ।’

नेता गौतमलाई राष्ट्रिय सभामा पठाउने सन्दर्भमा नेकपाले गरेको निर्णय, निर्णय नमान्ने प्रधानमन्त्रीको चुनौती तथा पार्टीमा त्यसको असरबारे नेता खनालसँग खबरहबले संक्षिप्त कुराकानी गरेको छ । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ–

बुधबार बसेको सचिवालय बैठकले गरेको निर्णयका कारण पार्टी (नेकपा)भित्र ठूलै विवादको स्थिति सिर्जना भएको छ ? बुधबारको बैठकमा खास भएको चाहिँ के थियो ?

– बुधबारको बैठकमा राष्ट्रिय सभामा कसलाई पठाउने भन्ने विषयमा हामीले छलफल ग¥यौं । त्यो छलफलमा एक मतले, त्यहाँ ९ जना हामी थियौं । ९ जना सचिवालयका सदस्यले एकमतले कमरेड वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भनेर निर्णय गरेका छौं । पार्टीको निर्णय त्यहि नै हो ।

तर, पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री (केपी शर्मा ओली)ले त निर्णय नमान्ने भनेर चुनौती दिएको भन्ने कुरा बाहिर आएको छ नि ?

– यो पार्टीको निर्णय हो । पार्टीले गरेको निर्णय सबै नेता, कार्यकर्ता र सुभेच्छुकले मान्नुपर्ने हुन्छ ।

निर्णय सचिन्ने संभावना कति छ त ?

यो निर्णय सच्चिने कुनै सम्भावना छैन । हामीले वामदेव गौतमको निर्णय गरिसकेका छौं ।

पार्टीमा यसले केही पनि असर गर्दैन् । यो निर्णय लागू हुन्छ । लागू गरिनु पर्छ । प्रधानमन्त्रीले पनि यसलाई लागू गर्नु पर्छ । यसलाई लागू गर्नुको अर्को कुनै विकल्प छैन ।

प्रधानमन्त्रीले आज (बिहीबार) मात्रै नेपाली कांग्रेसका नेतासँग भेटवार्ता गर्नुभएको छ । कतै यो राष्ट्रिय राजनीतिको कोर्स परिवर्तन हुने संकेत त हैन ?

राष्ट्रिय राजनीति भनेको विकसित भइरहने कुरा हो । त्यसका निम्ति नयाँ नयाँ आयामहरु आउन सक्छन् । ती नयाँ आयामहरु आए भने झन राम्रो ।

आयामहरु भनेको के हो ? अलि खुलाइदिनु न…

आयामहरु भनेको परिवर्तनका प्रोशेस (प्रक्रिया) हुन् । परिवर्तनका प्रशोसअन्तर्गत त्यसभित्रका आयामहरु खुला र पारदर्शी हुँदैनन् । ती विस्तारै आफैं खुल्दै जान्छन् ।

प्रधानमन्त्रीले संसद विघटन गर्न खोजेको भन्ने सम्मका चर्चाहरु पनि चलिरहेका छ नि ?

मलाई त थाहा छैन । दुई तिहाई जुन पार्टीसँग छ, त्यहि पार्टीको सरकारले संसद विघटन गर्छ भन्ने कुरा मैले त कल्पनासम्म गर्न सक्दिन ।

पछिल्लो प्रकरणले नेकपामा फुटको संकेतहरु देखिन थालेको भन्ने चर्चा पनि चलेको छ । तपाईं के भन्नुहुन्छ ?

यो विल्कुल गलत कुरा हो । नेकपा बरु अझ सुदृढ भएर जान्छ । नेकपामा फुटको कुनै संभावना छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  २ : २९ बजे

छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते 

दमौली – छुट्टाछुट्टै दुर्घटनामा २५ जना घाइते भएका छन् ।

ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता समाप्त

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडासँग चलिरहेका सबै

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल

नयाँदिल्ली- अस्ट्रेलिया भ्रमणमा पुगेको भारतीय टोलीले वान डे सिरिज गुमाइसकेको

जहाजबाट हेर्दा हाँसिरहेका हिमशृङ्खला (तस्बिरहरू)  

काठमाडौं– सफा मौसममा काठमाडौंदेखि धनगढीको यात्रा गर्नु भनेको केवल बाटो

प्रतापसँग भाइटीकापछि एलिना भन्छिन्- दाजुबहिनी हो भनेर पनि प्रमाणित गर्नुपर्ने हाम्रो समाज

काठमाडौं- गायिका एलिना चौहान र गायक प्रताप दासको सम्बन्धलाई लिएर