नेकपा पोखरी होइन जमेर बस्न, दुई अध्यक्ष विवाद त गर्छौं – प्रचण्ड « Khabarhub

नेकपा पोखरी होइन जमेर बस्न, दुई अध्यक्ष विवाद त गर्छौं – प्रचण्ड


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कुनै पनि हालतमा पार्टीलाई विघटन र विभाजन हुन नदिइने दाबी गरेका छन् ।

विहीवार बाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले केही विवादहरु देखिएपनि पार्टीलाई विघटन र विभाजन हुन नदिने प्रतिवद्धता कार्यकर्तामाझ गरेका हुन् ।

‘पार्टी भनेको जमेको पोखरी जस्तो निलो भएर बस्ने, किटाणुहरु लाग्ने जस्तो होइन । पार्टी गडगडाएर अघि बढ्ने हो त्यहाँ विवाद बहस हुन्छ’ प्रचण्डले भने,‘आजभोलि के हो भन्ने तपाईलाई परेको छ । हामी धेरै दुःख र मूल्य चुकाएर देशमा कम्युनिस्ट पार्टीमा यो स्थानमा ल्याएका हौं । यसमा धेरैको रगत पसिना करोडौं जनताको आशा छ । यो पार्टीलाई कुनै पनि विघटन र विभाजन हुन दिइने छैन ।’

दुई अध्यक्षबीच विवाद भएको बारे सञ्चारमाध्यममा आएका समाचारहरुलाई नपत्याउन आग्रह गर्दै प्रचण्डले दुई अध्यक्षबीचको विवाद सामान्य भएको बताए ।

‘दुई अध्यक्ष विवाद त गर्छौं । निकै नै परेको जस्तो गरी विवाद पर्छ । तपाईहरुनै तर्सने जसरी । तर विवाद समाधान गरेका त छौं’ प्रचण्डले भने,‘अहिले पनि केही विषयमा के के हो भन्ने आएको छ । मिडियामा आएको जसरी पछि नलाग्नु होला । हामी बसेर समस्या समाधान गर्छौं’
नेकपालाई कमजोर र विभाजित गर्ने प्रतिक्रियावादीको षड्यन्त्रलाई पूरा हुन नदिइने बताउँदै प्रचण्डले एक ढिक्का भएर अघि बढ्न सबैलाई आह्वान गरे ।

प्रचण्डले कम्युनिस्टहरुलाई दुश्मनका गोलीले नसिध्याएपनि आचरणले गर्दा समस्या आउने गरेको बताए ।

‘कम्युनस्टि पार्टीलाई कमजोर पर्न दुश्मनले सकेनन् तर सत्तामा गएपछि आफै भ्रष्टाचारमा लिप्त हुने, अहंकार हुने, आत्मकेन्द्रीत हुने हुँदा एउटा गोली पनि खर्च नगरि सकिए यसलाई गम्भीरता पूर्वक लिनुपर्छ र पार्टीले पनि लिइरहेको छ’ प्रचण्डले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ४ : २० बजे

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : विशेष महाधिवेशन पक्षको बहिष्कार

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार बिहान बस्दैछ।

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत