नेप्से ३६ अंकले बृद्धि | Khabarhub Khabarhub

नेप्से ३६ अंकले बृद्धि


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन बिहीबार सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । घट्ने र बढ्ने क्रमका बीच बिहीबार नेप्से परिसूचक ३६.०५ अंकले बढेर १६३२.१७ बिन्दुमा पुगेको छ । सेयर बजार तीन वर्षकै उच्च बिन्दुमा पुगेको हो ।

कारोबारमा भने बिहीबार पुनः नयाँ रेकर्ड कायम भएको छ । बुधबार ४ अर्ब १५ करोडको कारोबारको रेकर्डलाई तोड्दै बिहीबार ४ अर्ब ४६ करोड करोड रुपैयाँको कारोबार भएको छ ।

बिहीबारको कारोबारमा लगानीकर्ताको आकर्षण वाणिज्य बैंक र विकास बैंकमा देखिएको छ । सेयर बजार बढेपनि लगानीकर्ताको आकर्षण बैंकिङ क्षेत्रमा देखिएको थिएन । तर,बैंकिङ क्षेत्रमा देखिएको आकर्षणले सेयर बजार बुलिस ट्रेण्डमा गएको संकेत दिएको छ ।

बैंकिङ क्षेत्र ८३.२९ अंकले बढेको छ भने विकास बैंकको सूचक ३८.६५ अंकले बढ्यो भने निर्जीवन बीमा सूचक १६.४५ अंकले बढेको छ । मुख्य रुपमा एभरेष्ट,नबिल,हिमालयन,स्टाण्र्डर्ट चाटर्ड बैंक,एनआईसी एशिया,एसबिआई बैंकमा लगानीकर्ताको आकर्षण बिहीबार बढी देखिएको थियो ।

यस अघि बढेको जीवन बीमा कम्पनी र लघुवित्तको सेयर बेचेर लगानीकर्ताले बैंकको सेयर खरिद गरेको देखिन्छ । बिहीबार नेप्सेमा १८० कम्पनीको १० लाख ८५ हजार वटा कारोबारबाट ४ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : २२ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी