प्रियंका र आयुष्मानले गरे कानूनी रुपमा बिहे « Khabarhub

प्रियंका र आयुष्मानले गरे कानूनी रुपमा बिहे


१५ फाल्गुन २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन् । प्रियंकाले आयुष्मानसँगको तस्वीर शेयर गर्दै कानूनी रुपमा बिहे गरेको जानकारी दिएकी हुन् ।

आज प्रियंका कार्कीको जन्मदिन पनि हो । जन्मदिनको अवसर पारेर प्रियंका र आयुष्मानले कानूनी बिहे गरेका हुन् ।

यी दुईको बिहेमा परिवारका सीमित सदस्य उपस्थित थिए । उनीहरुले ललितपुर जिल्ला अदालतमा बिहे गरेका हुन् ।

भोलि शुक्रवार यो जोडीले नेपाली परम्पराअनुसार बिहे गर्नेछ । यी दुईले बिहेका लागि एक बैंक्वीट रिजर्भ गरेका छन् ।

लामो समय प्रेममा रहेका आयुष्मान र प्रियंकाले असारमा नै बिहे गर्ने भनिए पनि परिवारको समय नमिलेका कारण फागुनमा सरेको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ६ : ११ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर