कञ्चनपुरमा जंगली हात्तीको बिगबिगी, नौ बिघा जमिनको बालीमा क्षति « Khabarhub

कञ्चनपुरमा जंगली हात्तीको बिगबिगी, नौ बिघा जमिनको बालीमा क्षति


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- जङ्गली हात्तीको बथानले एकै रात कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ मा ९ बिघाभन्दा बढी जग्गामा लगाएको गहुँबालीमा क्षति पुर्‍याएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खजुवा, गर्जमुनिलगायतको बस्तीमा छिरेको हात्तीको बथानले गहुँबालीमा क्षति पुर्‍याएको हो ।

स्थानीयवासी देवराज जोशीले हात्तीको बथानले बाला लागेको गहुँबाली खाएर र खुट्टाले कुल्चेर व्यापक नोक्सान पुर्‍याएको बताए ।

“धेरै किसानको गहुँबालीमा क्षति गरेको छ”, उनले भने, “खेतको गहुँ पुरै नष्ट भएपछि परिवारका लागि वाह्य क्षेत्रबाट गहुँ खरिद गर्नुपर्ने अवस्था आएको छ ।”

हात्तीले गहुँबाली क्षति पुर्‍याएको किसानको खेतमा अनुगमन गर्दै नगर प्रमुख दिलबहादुर ऐरले ३६ किसानभन्दा बढीको आठ देखि नौ बिघा जग्गामा लगाइएको गहुँबालीमा हात्तीको बथानले क्षति पुर्‍याएको बताए । उनले किसानको गहुँबालीसँगै तोरी, केरालगायतमा समेत क्षति गरेको बताए ।

हात्ती नियन्त्रणका लागि नगरपालिकाको एक्लो प्रयासले नसकिने भएकाले यसमा सङ्घीय सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

“विसं २०७४ सालदेखि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्नबाली खाएर नोक्सानी गर्दै आएको छ”, उनले भने, “तीन वर्षको अबधिमा ९५० परिवारले क्षति व्यहोरेका छन् ।”

हात्तीका कारण नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ६, ७, ८ र १२ का बासिन्दा प्रभावित हुँदै आएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १० : ३० बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र