थाहा पाउनुहोस् कोरोना भाइरसका बारेमा फैलिएका अफवाह « Khabarhub

थाहा पाउनुहोस् कोरोना भाइरसका बारेमा फैलिएका अफवाह


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको प्रवेश नेपालमा भइसकेको छ । विश्वभर कोरोना संक्रमणको महामारी फैलिरहेको बेला नेपालमा पनि यसविरुद्ध सर्तकता अपनाइन थालेको छ ।

यसको संक्रमणका कारण २४ हजारभन्दा बढि मानिसको मृत्यु भइसकेको छ भने करीब साढे चार लाख मानिस यसबाट संक्रमित छन् । तर यसको जोखिम भन्दा सर्वत्र हल्लाले मानिसहरुमा त्रास बढाएको छ ।

मानिसहरुले आफै मनगणन्ते कुराहरु अफवाहका रुपमा फैलाउँदा यसको त्रास बढेको हो । तसर्थ यस्ता केहि झुटा अफवाहहरुको हामी पर्दाफास गर्दैछौ ।

१. कोरोनाको नाममा फैलिएको एक अफवाह हो, मौसमको तापमानमा कोरोनाको संक्रमण हुदैन । जबकि अहिलेसम्म यसबारे कुनै प्रमाण जुटिसकेको छैन । अत्यधिक गमी बढेमा कोरोना भाइरस केहि समय निष्क्रिय त हुन्छ तर निमिट्यान्न भने हुदैन ।

२. केहि मानिसको भनाईमा तातो पानीले नुहाउँदा कोरोना भाइरसको संक्रमण हुदैन । यो पनि फगत एक अफवाह हो । तर नियमित साबुन पानीले हात धुदाँ वा स्वच्छताको पालना गर्दा चाहिं कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।

३. अर्काे एक अफवाह अनुसार चीनमा उत्पादित वस्तुमा कोरोना भाइरसको संक्रमण हुन्छ । जबकी यस प्रकारको हल्लामा सत्यता छैन । चाइनाबाट आएको सामान तत्काल उपभोक्ता माझ पुग्ने भए मात्र यसमा केहि हदसम्म सत्यता होला । अन्यथा डेलिभरी हुन नै लामो समय लाग्ने भएकाले त्यति लामो समयसम्म यो भाइरस टिक्न पनि सक्दैन ।

४. केहि मानिस शरीरभरी अल्कोहल दलेमा कोरोनाको संक्रमण हुन सक्दैन भन्छन् । तर यसमा सत्यता छैन । किनकी शरीरभित्र प्रवेश गरेको भाइरस बाहिरी छालामा अल्कोहल दल्दैमा नष्ट हुदैन ।

५. जनावरलाई छुदा पनि कोरोनाको संक्रमण हुनसक्छ भन्ने अर्काे अफवाह छ । तर घरपालुवा जनावर र बाहिरी सम्पर्कमा नआएका जनावरबाट कोरोना सर्दैन । तर सकेसम्म जनावरको असुरक्षित सम्पर्कमा भने आउनुहुदैन ।

६. अर्को अफवाह अनुसार निमोनिया वा हायमोफिलस इनफ्लूइञ्जा जस्ता रोगका भ्याक्सिनबाट कोरोना भाइरसको उपचार सम्भव छ । जबकि कोरोना भाइरस नयाँ भाइरस भएकाले इसका लागी कुनै भ्याक्सिन तयार भएको छैन ।

७. कोरोना भाइरसको संक्रमण बढ्ना साथ मानिसहरु प्राय सबै प्रकारको मास्कको प्रयोगबाट बच्न सकिने दाबा गर्दै आएका छन् । तर सबै मास्कले कोरोना भाइरसको संक्रमण हुनबाट बचाउँदैन ।

८. केहि मानिस माछामासुबाट कोरोना सर्ने भन्दै मासांहारी खान बन्द गरेका छन् । जबकि माछामासु खाएकै कारणले कोरोना सर्दैन । बरु सुरक्षित स्थलबाट मासु ल्याइएको छैन भने चाहि सर्ने खतरा हुन्छ । साथै काचो मासु वा अण्डा खानु घातक हुन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : २९ बजे

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

सगरमाथा वृक्षरोपण अभियान : मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

भोजपुर– सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम

‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ

कांग्रेस सभापति गगन थापाले एउटी किशोरीसँग उनको ‘स्टार्टअप बिजनेस’ को

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५