क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा गर्न मुख्यमन्त्रीको आग्रह « Khabarhub

क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा गर्न मुख्यमन्त्रीको आग्रह


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा हुनुपर्ने बताए ।

सो प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा स्थापित क्वारेन्टाइनस्थलको बिहीबार साँझ अनुगमन गर्दै उनले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कुनै पनि वस्तुको अभाव हुन नदिन र आवश्यकतानुसारको सुविधा प्रदान गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री गुरुङले भवन, क्वारेन्टाइनमा रहेका श्यया, क्षमता र सुविधालगायतबारे जानकारी लिँदै सङ्क्रमणविरुद्धको लडाइँमा सरकारले केही कमी हुन नदिने र स्वास्थ्यकर्मीलाई समेत उच्च मनोवलका साथ लाग्न आग्रह गरे ।

तालिम केन्द्रको दुई भवनमा गरी ४८ जना क्षमता रहेको सो क्वारेन्टाइनमा हाल विदेशबाट फर्किएका तथा नेपालको पूर्वी सीमाबाट पोखरा आएका गरी १७ जनालाई राखिएको छ ।

प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री गुरुङको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय निर्देशक समितिको यही चैत १० गतेको बैठकले कृषि तालिम केन्द्रसँगै वन, शिक्षा र सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन केन्द्र लामापाटनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत १० श्ययाको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ । सङ्क्रमण रोक्न पोखरा महानगरपालिकासहित अन्नपूर्ण, रुपा र माछापुच्छ्रे गाउँपालिकाले समेत क्वारेन्टाइन स्थापना गरी पहिलो चरण वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई राखिएको छ ।

गण्डकी प्रदेशबाट हालसम्म १५ शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि पठाइएकामा १३ जनाको नतिजा नेगेटिभ आएको र दुई जनाको नतिजा आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ८ : ४९ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा

काठमाडौं- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामाको घोषणा गरेका छन्

बेलायतको क्लाक्टनमा उपनिर्वाचन : नाइजल फराजको अग्निपरीक्षा

काठमाडौं- बेलायतको क्लाक्टन-अन-सी क्षेत्रमा आज उपनिर्वाचन हुँदैछ । उपचुनावमा रिफर्म

निर्यातभन्दा आयात पाँचगुणा बढी

काठमाडौं– दमौली गण्डकी प्रदेशको प्रवेशद्वार आँबुखैरेनीस्थित कृषि तथा पशुपक्षी नियमन

कोशी प्रदेशसभाको बैठक भदौ ३ गते बस्ने

विराटनगर- कोशी प्रदेशसभाको नवौँ अधिवेशनको २३औँ बैठक आगामी भदौ ३ गते

सहुलियतपूर्ण कर्जाका लागि सरकारको नयाँ कार्यविधि : ८ क्षेत्रका उद्यमीले ५ करोडसम्मको ऋण पाउने

काठमाडौं– अर्थ मन्त्रालयले उद्यमशीलता विकास र स्वरोजगारलाई प्रोत्साहन गर्ने उद्देश्यले