क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा गर्न मुख्यमन्त्रीको आग्रह « Khabarhub

क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा गर्न मुख्यमन्त्रीको आग्रह


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा हुनुपर्ने बताए ।

सो प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा स्थापित क्वारेन्टाइनस्थलको बिहीबार साँझ अनुगमन गर्दै उनले क्वारेन्टाइनमा बसेका व्यक्तिलाई कुनै पनि वस्तुको अभाव हुन नदिन र आवश्यकतानुसारको सुविधा प्रदान गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री गुरुङले भवन, क्वारेन्टाइनमा रहेका श्यया, क्षमता र सुविधालगायतबारे जानकारी लिँदै सङ्क्रमणविरुद्धको लडाइँमा सरकारले केही कमी हुन नदिने र स्वास्थ्यकर्मीलाई समेत उच्च मनोवलका साथ लाग्न आग्रह गरे ।

तालिम केन्द्रको दुई भवनमा गरी ४८ जना क्षमता रहेको सो क्वारेन्टाइनमा हाल विदेशबाट फर्किएका तथा नेपालको पूर्वी सीमाबाट पोखरा आएका गरी १७ जनालाई राखिएको छ ।

प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथामका लागि मुख्यमन्त्री गुरुङको संयोजकत्वमा गठन गरिएको उच्चस्तरीय निर्देशक समितिको यही चैत १० गतेको बैठकले कृषि तालिम केन्द्रसँगै वन, शिक्षा र सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन केन्द्र लामापाटनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत १० श्ययाको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ । सङ्क्रमण रोक्न पोखरा महानगरपालिकासहित अन्नपूर्ण, रुपा र माछापुच्छ्रे गाउँपालिकाले समेत क्वारेन्टाइन स्थापना गरी पहिलो चरण वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई राखिएको छ ।

गण्डकी प्रदेशबाट हालसम्म १५ शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि पठाइएकामा १३ जनाको नतिजा नेगेटिभ आएको र दुई जनाको नतिजा आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ८ : ४९ बजे

आज अपराह्नपछि मौसममा क्रमशः सुधार हुने

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो