स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना « Khabarhub

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छातिमा असहज महशुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

उनलाई गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि केही दिन आरामपछि प्रधानमन्त्री निवासबाट दैनिक कार्यसञ्चाल गर्दै आएका ओलीलाई धेरै धपेडी भएको हुन सक्ने बताइएको छ ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले सार्क राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको भिडियो कन्फरेन्सदेखि मन्त्रीपरिषद् बैठकमा समेत सहभागी हुँदै आएका थिए ।

मुटुको धड्कनमा समस्या देखिएकाले हिजो राति अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

निजी चिकित्सक दिव्यासिंह शाहको भनाई उद्धृत गर्दै थापाले भने, “प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गरिने तयारी छ”

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : २० बजे

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले

तल्लो सेती जलविद्युत् : आवासका लागि जग्गा अधिग्रहण

दमौली– तनहुँमा निर्माण हुने १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत्