स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना « Khabarhub

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली अस्पताल भर्ना


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छातिमा असहज महशुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

उनलाई गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।

फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि केही दिन आरामपछि प्रधानमन्त्री निवासबाट दैनिक कार्यसञ्चाल गर्दै आएका ओलीलाई धेरै धपेडी भएको हुन सक्ने बताइएको छ ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले सार्क राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको भिडियो कन्फरेन्सदेखि मन्त्रीपरिषद् बैठकमा समेत सहभागी हुँदै आएका थिए ।

मुटुको धड्कनमा समस्या देखिएकाले हिजो राति अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

निजी चिकित्सक दिव्यासिंह शाहको भनाई उद्धृत गर्दै थापाले भने, “प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य भइसकेकाले आजै डिस्चार्ज गरिने तयारी छ”

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ९ : २० बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान