सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि १३ जनाको ‘स्वाब’ काठमाडौं पठाइयो « Khabarhub

सुदूरपश्चिम प्रदेशबाट कोरोना परीक्षणका लागि १३ जनाको ‘स्वाब’ काठमाडौं पठाइयो


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका १३ जनाको स्वाब नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ।

कैलालीको धनगढीमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा विभिन्न प्रदेशका जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमूना परीक्षणका आएकोमा ती सबै थ्रोट स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले जानकारी दिइन्।

उनका अनुसार सेती प्रादेशिक अस्पतालमा संकलित आठ, महाकाली अस्पतालबाट पठाइएका दुई, बैतडी जिल्ला अस्पतालका दुई र डोटी जिल्ला अस्पतालबाट पठाइएको एक गरी १३ को नमूना परीक्षणका लागि काठमाडौं प्रयोगशालामा पठाइएको हो।

कोभिड १९ फैलिन नदिन सरकारले लकडाउन लागू गरेसँगै हवाई सेवा समेत बन्द भएकाले सुदूरपश्चिम प्रदेशबाट नमूना परीक्षणका लागि गाडीमार्फत काठमाडौं पठाइएको छ। उनले नमूना परिक्षणको रिपोर्ट आउन दुई तीन दिन लाग्ने बताए।

हालः अलग्गै आइसोलेसनमा राखेर उनीहरूको उपचार भइरहेको छ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १० : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै