अपरिचितलाई गाउँ प्रवेशमा कतै बार, कतै प्रतिबन्धका सूचना « Khabarhub

अपरिचितलाई गाउँ प्रवेशमा कतै बार, कतै प्रतिबन्धका सूचना


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- नेपालमा तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै गाउँ गाउँमा समेत संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाउन थालिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गाउँमा अपरिचित व्यक्ति प्रवेशमा निषेध गरिएको छ भने स्थानीय तहहरुले बाहिरबाट आएकाहरुलाई राख्नको लागि क्वारेन्टाइनको व्यवस्था समेत गर्न थालेका छन् ।

यसैबीच सप्तरीको गाउँबस्तीमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गर्न स्थानीयवासीहरु सक्रिय बनेका छन । कोरोना भाइरस संक्रमणबाट जोगिन गाउँबस्तीका युवाहरु अपरिचित व्यक्तिको प्रवेशमा रोक लगाउनुको साथै घरबाहिर निस्किन पनि रोक लगाइएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि घरमै बस्ने उद्देश्यले सरकारले लकडाउन गरेपछि गाउँ, टोल बस्तीका स्थानीयहरु सफल पार्न यस्तो कार्य गरिएको खडक नगरपालिका १० लालपुरका बिरेन्द्र साहले जानकारी दिए ।

प्रहरी प्रशासन ग्रामिण टोल भन्दा सहरमा बढी केन्द्रित हुने भएकाले स्थानीय युवाहरु स्वःस्फूर्त लकडाउनलाई सफल पार्न सक्रिय भएका छन् ।

उनीहरुले गाउँमा कुनैपनि अपरिचित व्यक्तिलाई छिर्न दिएका छैनन । जताबाट आउँछ उतै फर्काउने गरेको पाइएको छ । एक टोलका मानिसलाई अर्को टोलमा पनि जान दिएको छैन ।

त्यस्तै जिल्लाको तिरहुत गाउँपालिकाका ५ लोहजराका स्थानीय युवाहरुले गाउँको सीमामा बार लगाएर  बाटो अवरोध गरी अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको सूचना लेखेर झुण्ड्याएका छन् ।

अपरिचित व्यक्ति प्रवेशमा निगरानी बढाइएको सो वार्ड अध्यक्ष रमानन्द चौधरीले जानकारी दिए ।

सूचनामा कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं सन्देश समेत उल्लेख गरिएको छ ।

यसैबीच पूर्वी जिल्ला ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सडकमा आवतजावत बन्द गर्न बार लगाएको छ ।

गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङसहित प्रहरी टोलीले सडकमा बार लगाएका हुन् । राज्यको अनुरोधलाई अस्वीकार गर्नका लागि बार लगाउन बाध्य भएको गाउँपालिकाले जनाएको छ ।

बार लगाएपछि सवारी साधन आवतजावत रोकिएको छ । यद्यपि अत्यावश्यक अवस्थामा सवारी साधन गुडाउन तथा एम्बुलेन्सका लागि भने बार हटाएर गुडाउने मिल्ने गरी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पाँचथर र ताप्लेजुङ जोड्ने काबेली खोलास्थित थेचम्बुमा हेल्थ डेस्क स्थापना गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १० : ३८ बजे

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय

स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ : नेमकिपा अध्यक्ष बिजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)

निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान