अपरिचितलाई गाउँ प्रवेशमा कतै बार, कतै प्रतिबन्धका सूचना « Khabarhub

अपरिचितलाई गाउँ प्रवेशमा कतै बार, कतै प्रतिबन्धका सूचना


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- नेपालमा तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै गाउँ गाउँमा समेत संक्रमण फैलिन नदिन उच्च सुरक्षा सतर्कता अपनाउन थालिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि गाउँमा अपरिचित व्यक्ति प्रवेशमा निषेध गरिएको छ भने स्थानीय तहहरुले बाहिरबाट आएकाहरुलाई राख्नको लागि क्वारेन्टाइनको व्यवस्था समेत गर्न थालेका छन् ।

यसैबीच सप्तरीको गाउँबस्तीमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गर्न स्थानीयवासीहरु सक्रिय बनेका छन । कोरोना भाइरस संक्रमणबाट जोगिन गाउँबस्तीका युवाहरु अपरिचित व्यक्तिको प्रवेशमा रोक लगाउनुको साथै घरबाहिर निस्किन पनि रोक लगाइएको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि घरमै बस्ने उद्देश्यले सरकारले लकडाउन गरेपछि गाउँ, टोल बस्तीका स्थानीयहरु सफल पार्न यस्तो कार्य गरिएको खडक नगरपालिका १० लालपुरका बिरेन्द्र साहले जानकारी दिए ।

प्रहरी प्रशासन ग्रामिण टोल भन्दा सहरमा बढी केन्द्रित हुने भएकाले स्थानीय युवाहरु स्वःस्फूर्त लकडाउनलाई सफल पार्न सक्रिय भएका छन् ।

उनीहरुले गाउँमा कुनैपनि अपरिचित व्यक्तिलाई छिर्न दिएका छैनन । जताबाट आउँछ उतै फर्काउने गरेको पाइएको छ । एक टोलका मानिसलाई अर्को टोलमा पनि जान दिएको छैन ।

त्यस्तै जिल्लाको तिरहुत गाउँपालिकाका ५ लोहजराका स्थानीय युवाहरुले गाउँको सीमामा बार लगाएर  बाटो अवरोध गरी अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको सूचना लेखेर झुण्ड्याएका छन् ।

अपरिचित व्यक्ति प्रवेशमा निगरानी बढाइएको सो वार्ड अध्यक्ष रमानन्द चौधरीले जानकारी दिए ।

सूचनामा कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं सन्देश समेत उल्लेख गरिएको छ ।

यसैबीच पूर्वी जिल्ला ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सडकमा आवतजावत बन्द गर्न बार लगाएको छ ।

गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङसहित प्रहरी टोलीले सडकमा बार लगाएका हुन् । राज्यको अनुरोधलाई अस्वीकार गर्नका लागि बार लगाउन बाध्य भएको गाउँपालिकाले जनाएको छ ।

बार लगाएपछि सवारी साधन आवतजावत रोकिएको छ । यद्यपि अत्यावश्यक अवस्थामा सवारी साधन गुडाउन तथा एम्बुलेन्सका लागि भने बार हटाएर गुडाउने मिल्ने गरी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले पाँचथर र ताप्लेजुङ जोड्ने काबेली खोलास्थित थेचम्बुमा हेल्थ डेस्क स्थापना गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १० : ३८ बजे

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले