मुस्ताङबाट १२१ जना विदेशी पर्यटक काठमाडौं पठाइए « Khabarhub

मुस्ताङबाट १२१ जना विदेशी पर्यटक काठमाडौं पठाइए


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्ताङ- कोरोना भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लकडाउन कार्यान्वयन गरेपछि हिमालपारिको जिल्ला मुस्ताङमा रोकिएका विभिन्न मुलुकका १२१ जना पर्यटकहरूको उद्धार गरिएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मुस्ताङमा पुगेका विभिन्न २१ मुलुकका ती पर्यटकहरूलाई उद्धार गरी काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

तीन दिनमा ती पर्यटकहरूलाई काठमाडौं पठाउने काम गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए ।

ती पर्यटकहरू अमेरिका, फ्रान्स, जर्मन, इटाली, स्पेन, क्यानडा, पोर्तुगल, बेलायत, युक्रेन, न्युजिल्याण्ड लगायतका मुलुकका थिए । उनीहरूलाई बसमार्फत पोखरा हुँदै काठमाडौ पठाइएको हो । मुस्ताङमा रहेका अन्य पर्यटकको पनि खोजी भइरहेको प्रजिअ अर्यालले जानकारी दिए ।

अर्यालले भने, ‘कोरोना संक्रमणको सतर्कताका लागि म्याग्दी हुँदै मुस्ताङ भित्रने सडकमा पूर्णरूपमा रोक लगाइएको छ । मनाङ भएर थोरङ्लापास गरेर आएका पर्यटकहरु यही अलपत्र पर्न थालेपछि सम्बन्धित मुलुकका राजदुतावाससँगको समन्वयमा उनीहरूलाई उद्धार गरी पठाएका हौँ ।’

यहाँबाट पठाएका पर्यटकहरूलाई पर्यटन बोर्डले सम्बन्धित राजदूतावासको समन्वयमा उनीहरू कै मुलुकमा फिर्ताको लागि समन्वय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १० : ४१ बजे

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको

बजेट अभावमा म्याग्दीका बहुवर्षीय सडक आयोजना प्रभावित

म्याग्दी– बजेट अभावका कारण गण्डकी प्रदेश सरकारमार्फत जिल्लामा सञ्चालित रणनीतिक

तेल भण्डार थप खोल्न जापानको आग्रह

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा सुरक्षामा बढ्दो दबाब

सडकमा बसेर जनताको सरकार चलाउँछौँ : कुलमान घिसिङ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सडकमा बसेर आम

अमेरिका-इरान वार्ता संकेतबीच मिसाइल प्रहार

एजेन्सी– अमेरिका र इरानबीच सम्भावित वार्ताका संकेतहरू देखिइरहेका बेला इरानले