लकडाउनको समयमा आलु–प्याजको कालोबजारी गर्ने व्यापारी पक्राउ | Khabarhub Khabarhub

लकडाउनको समयमा आलु–प्याजको कालोबजारी गर्ने व्यापारी पक्राउ


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– लकडाउनको समयमा आलु र प्याजको कालोबजारी गरेको अभियोगमा पर्सा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

साविकको भन्दा दोब्बर तथा तेब्बर बढी मूल्यमा आलु र प्याज बिक्री गरेको अभियोगमा प्रहरीले १ जना व्यापारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भएका ५० वर्षीय जगनारायण पटेल छन् ।

उनले आलू प्रतिकिलो १०० रुपैयाँ तथा प्याज प्रतिकिलो १०० देखि १५० रुपैयाँमा बिक्री गरेको पाइएको छ । बजारमा यसअघि आलू २० देखि ४० रुपैयाँ र प्याज प्रतिकिलो ५० रुपैयाँमा बिक्री हुने गरेको थियो ।

प्रहरीले पक्राउ परेका पटेलको साथबाट आलु र प्याज समेत बरामद गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : १७ बजे

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर

नाम्खा पालिकालाई तिब्बत सरकारको सहयोग

हुम्ला– हुम्लाको उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकालाई चीनको स्वशासित क्षेत्र

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल

भोलिदेखि कर्णालीमा औद्योगिक प्रदर्शनी

कर्णाली– स्थानीय उत्पादको बजारीकरण गर्ने उद्देयले कर्णाली प्रदेशका दशवटै जिल्लामा

नारायणगढ–बुटवल सडक : पाँच वर्षमा पचास प्रतिशत काम

नवलपरासी– विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर