कोरोना भाइरसका कारण अस्ट्रेलिया फुटबल संघले आफ्ना स्टाफको ७० प्रतिशत तलब कट्टा गर्ने « Khabarhub

कोरोना भाइरसका कारण अस्ट्रेलिया फुटबल संघले आफ्ना स्टाफको ७० प्रतिशत तलब कट्टा गर्ने


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियन फुटबलको अभिभावक संस्था अस्ट्रेलिया फुटबल संघ (संघ) ले आफ्ना स्टाफको ७० प्रतिशत तलब कटौती गर्ने भएको छ ।

कोरोना भाइरसले देश समस्या शृजना गरेको उल्लेख गर्दै अस्ट्रेलिया फुटबल संघका कार्यकारी निर्देशक जेम्स जोनसनले यो कठिन निर्णय गरेको बताएका छन् ।

देशका अधिकाशं उद्योग कारखान बन्द अवस्थामा रहँदा संघलाई टिकाइराख्न यो निर्णय गरिएको उनले बताएका छन् ।

‘यो निर्णय गर्न निकै कठिन भएको हो । तर, संस्थालाई जिवित राख्न यो निर्णय गरिएको हो,’ जोनसनले भने,‘कोरोना भाइरसले विश्वभरका उद्योग कारखानमा असर गरेको फुटबल अस्ट्रेलिया त्यो भन्दा फरक होइन ।’

अहिले अस्ट्रेलिया फुटबलले सबै गतिविधि बन्द गरिसकेको छ । मंगलबारमात्रै शिर्ष डिभिजनको ए लिगको खेल स्थगित गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : ४७ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।