लकडाउनमा मिचेल ओबामाको पुस्तक पढ्दै वर्षा शिवाकोटी « Khabarhub

लकडाउनमा मिचेल ओबामाको पुस्तक पढ्दै वर्षा शिवाकोटी


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी यतिबेला घरमै बसिरहेकी छिन् । पोखरामा फिल्म ‘परदेशी २’ को छायांकन स्थगन गरेर राजधानी फर्केको भोलिपल्टै सरकारले नेपालभर लकडाउन घोषणा गर्‍यो ।

लकडाउनपछि वर्षा घरबाहिर निस्किरहेकी छैनिन् । घरमै परिवारका साथ रमाइरहेकी छिन् । पुस्तक पढिरहेकी छिन् । र शरीरलाई तन्दुरुस्त राख्न शारीरिक अभ्यास गरिरहेकी छिन् ।

यतिबेला उनी मिचेल ओबामाको पुस्तक ‘बिकमिङ’ पढिरहेको बताउँछिन् । भन्छिन्, ‘अरुले फिल्म हेरिरहेकी छु भन्नुहुन्छ, म चाहिँ पुस्तक पढिरहेकी छु ।’

विशेष कामबाहेक खासै बाहिर नगएको बताउने वर्षा किचनमा पनि पर्याप्त समय दिएको बताउँछिन् ।

‘हामी त काठमाडौं फर्किनासाथ लकडाउन भयो, अहिले घरमै रमाइरहेकी छु, ख्याल गरिरहेकी छु,’ वर्षा भन्छिन् ।

वर्षा अरुलाई पनि घरबाहिर ननिस्किन अनुरोध गर्छिन् । भन्छिन्, ‘सरकारले नै बाहिर ननिस्कन भनिरहेका बेला सकभर बाहिर नजाऔं, आफ्नो स्वास्थ्यको ख्याल गरौं ।’

उनी यो समयमा आफूमा के परिवर्तन ल्याउन सकिन्छ, त्यो गर्न अरुलाई पनि सल्लाह दिन्छिन् । भन्छिन्, ‘अरु बेला बाहिर धेरै खानुपर्छ, अहिले घरमै खान पाइएको छ, कसरी आफूलाई स्वस्थ्य राख्न सकिन्छ भन्नेमा सबैले ख्याल गर्नुपर्छ ।’

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ३७ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन