लकडाउनमा मिचेल ओबामाको पुस्तक पढ्दै वर्षा शिवाकोटी | Khabarhub Khabarhub

लकडाउनमा मिचेल ओबामाको पुस्तक पढ्दै वर्षा शिवाकोटी


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी यतिबेला घरमै बसिरहेकी छिन् । पोखरामा फिल्म ‘परदेशी २’ को छायांकन स्थगन गरेर राजधानी फर्केको भोलिपल्टै सरकारले नेपालभर लकडाउन घोषणा गर्‍यो ।

लकडाउनपछि वर्षा घरबाहिर निस्किरहेकी छैनिन् । घरमै परिवारका साथ रमाइरहेकी छिन् । पुस्तक पढिरहेकी छिन् । र शरीरलाई तन्दुरुस्त राख्न शारीरिक अभ्यास गरिरहेकी छिन् ।

यतिबेला उनी मिचेल ओबामाको पुस्तक ‘बिकमिङ’ पढिरहेको बताउँछिन् । भन्छिन्, ‘अरुले फिल्म हेरिरहेकी छु भन्नुहुन्छ, म चाहिँ पुस्तक पढिरहेकी छु ।’

विशेष कामबाहेक खासै बाहिर नगएको बताउने वर्षा किचनमा पनि पर्याप्त समय दिएको बताउँछिन् ।

‘हामी त काठमाडौं फर्किनासाथ लकडाउन भयो, अहिले घरमै रमाइरहेकी छु, ख्याल गरिरहेकी छु,’ वर्षा भन्छिन् ।

वर्षा अरुलाई पनि घरबाहिर ननिस्किन अनुरोध गर्छिन् । भन्छिन्, ‘सरकारले नै बाहिर ननिस्कन भनिरहेका बेला सकभर बाहिर नजाऔं, आफ्नो स्वास्थ्यको ख्याल गरौं ।’

उनी यो समयमा आफूमा के परिवर्तन ल्याउन सकिन्छ, त्यो गर्न अरुलाई पनि सल्लाह दिन्छिन् । भन्छिन्, ‘अरु बेला बाहिर धेरै खानुपर्छ, अहिले घरमै खान पाइएको छ, कसरी आफूलाई स्वस्थ्य राख्न सकिन्छ भन्नेमा सबैले ख्याल गर्नुपर्छ ।’

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ३७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर