कोरोनाभाइरसको त्रास : झापाका अस्पतालले उपचार नै नगरी फर्काउन थाले बिरामी  « Khabarhub

कोरोनाभाइरसको त्रास : झापाका अस्पतालले उपचार नै नगरी फर्काउन थाले बिरामी 


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना भाइरसको संक्रमणका कारण बिश्व नै आतंकित भैरहेको अवस्थामा झापाका निजी अस्पतालले अस्पताल पुगेका बिरामीलाई उपचार गर्नुको साटो थर्काएर गेटैबाट फर्काउने गरेको खुलेको छ ।

देशभर लकडाउनका कारण हिडडुल समेत बन्द भइरहेको अवस्थामा झापाको बिर्तामोडमा संचालित अधिकांश निजी अस्पतालले बिरामीलाई उपचारै नगरी फर्काउन थालेका हुन् ।

झापाको बिर्तामोडमा संचालित मनमोहन, बिर्तासिटी, अञ्जली, ओमसाई पाथिभरा र भद्रपुरको सरकारी अस्पताल मेची अञ्चल अस्पताल लगायतले आकस्मिक उपचारका निम्ति अस्पताल पुगेका बिरामीलाई गेटबाटै फर्काएका छन् ।

अस्पतालहरुले निजी सुरक्षाकर्मी ‘मार्सल’ लगाएर थर्काउँदै उपचारार्थ त्यहाँ पुगेका बिरामीलाई फिर्ता गरेको पीडितका आफन्तले बताएका छन् । अर्जुनधारा ११ का डेढ बर्षीय आश्वीन भारतीलाई झापाका कुनै अस्पताले उपचार नगरेपछी सिकिस्त अवस्थामा घरमै राखिएको उनका अभिभावकले बताए । उपचारका लागि भन्दै बुधबार उनि सहित उनका अभिभावकले झापाका बिभिन्न अस्पताल चाहारेपनि अस्पतालले भित्र पस्न समेत नदिएको आफन्त पोषराज कटुवालले बताए ।

त्यस्तै घरबाट लडेर बेहोस अवस्थामा रहेका बिरामीलाई समेत सोमबार मेची अञ्चल अस्पताल, भद्रपुरकै ओमसाई अस्पतालले प्रारम्भीक उपचार समेत नगरी फर्काएका छन् ।

बिहीबार कन्काई नगरपालिका वडा नम्बर १ का चित्रबहादुर दर्जी अचेत अवस्थामा घरमै रहेको पाइएको छ । उनिकी श्रीमती देवी दर्जी भन्छिन् – श्रीमानको अवस्था चिन्ताजनक छ तर अस्पतालले उपचार गर्नै मान्दैन । अब के गर्ने ?

अस्पतालका सञ्चालकहरुको यस्तो मनोमानी कार्यशैलीको बिरोध गर्दै झापा क्षेत्र नम्बर ३ का सासंद राजेन्द्र लिङ्देनले समेत सामाजिक संजाल फेसबुक मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

अस्पताल सञ्चालकहरु भने चिकित्सक र चिकित्सकको सुरक्षाका लागि आवश्यक सामाग्री (पीपीई) अभाव भएका कारण बिरामी लिन नसकिएको बताउछन् ।

संकटका बेला आम नागरिकलाई सहयोग गर्नुपर्ने जिम्मेबारी बोकेका निजी अस्पतालको यस्तो मनोमानीको समयमै नियमन गर्न जरुरी देखिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ४ : १५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर