कोरोनाभाइरसको त्रास : झापाका अस्पतालले उपचार नै नगरी फर्काउन थाले बिरामी  « Khabarhub

कोरोनाभाइरसको त्रास : झापाका अस्पतालले उपचार नै नगरी फर्काउन थाले बिरामी 


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना भाइरसको संक्रमणका कारण बिश्व नै आतंकित भैरहेको अवस्थामा झापाका निजी अस्पतालले अस्पताल पुगेका बिरामीलाई उपचार गर्नुको साटो थर्काएर गेटैबाट फर्काउने गरेको खुलेको छ ।

देशभर लकडाउनका कारण हिडडुल समेत बन्द भइरहेको अवस्थामा झापाको बिर्तामोडमा संचालित अधिकांश निजी अस्पतालले बिरामीलाई उपचारै नगरी फर्काउन थालेका हुन् ।

झापाको बिर्तामोडमा संचालित मनमोहन, बिर्तासिटी, अञ्जली, ओमसाई पाथिभरा र भद्रपुरको सरकारी अस्पताल मेची अञ्चल अस्पताल लगायतले आकस्मिक उपचारका निम्ति अस्पताल पुगेका बिरामीलाई गेटबाटै फर्काएका छन् ।

अस्पतालहरुले निजी सुरक्षाकर्मी ‘मार्सल’ लगाएर थर्काउँदै उपचारार्थ त्यहाँ पुगेका बिरामीलाई फिर्ता गरेको पीडितका आफन्तले बताएका छन् । अर्जुनधारा ११ का डेढ बर्षीय आश्वीन भारतीलाई झापाका कुनै अस्पताले उपचार नगरेपछी सिकिस्त अवस्थामा घरमै राखिएको उनका अभिभावकले बताए । उपचारका लागि भन्दै बुधबार उनि सहित उनका अभिभावकले झापाका बिभिन्न अस्पताल चाहारेपनि अस्पतालले भित्र पस्न समेत नदिएको आफन्त पोषराज कटुवालले बताए ।

त्यस्तै घरबाट लडेर बेहोस अवस्थामा रहेका बिरामीलाई समेत सोमबार मेची अञ्चल अस्पताल, भद्रपुरकै ओमसाई अस्पतालले प्रारम्भीक उपचार समेत नगरी फर्काएका छन् ।

बिहीबार कन्काई नगरपालिका वडा नम्बर १ का चित्रबहादुर दर्जी अचेत अवस्थामा घरमै रहेको पाइएको छ । उनिकी श्रीमती देवी दर्जी भन्छिन् – श्रीमानको अवस्था चिन्ताजनक छ तर अस्पतालले उपचार गर्नै मान्दैन । अब के गर्ने ?

अस्पतालका सञ्चालकहरुको यस्तो मनोमानी कार्यशैलीको बिरोध गर्दै झापा क्षेत्र नम्बर ३ का सासंद राजेन्द्र लिङ्देनले समेत सामाजिक संजाल फेसबुक मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

अस्पताल सञ्चालकहरु भने चिकित्सक र चिकित्सकको सुरक्षाका लागि आवश्यक सामाग्री (पीपीई) अभाव भएका कारण बिरामी लिन नसकिएको बताउछन् ।

संकटका बेला आम नागरिकलाई सहयोग गर्नुपर्ने जिम्मेबारी बोकेका निजी अस्पतालको यस्तो मनोमानीको समयमै नियमन गर्न जरुरी देखिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ४ : १५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्