कोरोना संक्रमित २ जनाको अवस्था सामान्य, संक्रमित युवतीसँगै आएका ७८ जना क्वारेन्टाइनमा « Khabarhub

कोरोना संक्रमित २ जनाको अवस्था सामान्य, संक्रमित युवतीसँगै आएका ७८ जना क्वारेन्टाइनमा


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणपछि उपचाररत दुई नेपालीको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा गत आइतबारदेखि उपचाररात १९ बर्षीय काठमाडौंकी युवती र बुधबारदेखि उपचारारत धादिङ ३२ बर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

१९ बर्षीया युवती फ्रान्सबाट कतार हुँदै गत चैत्र ४ गते नेपाल आएकी थिइन् भने अर्का युवा दुबैबाट चैत्र ६ गते नेपाल आएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना भाइरसकै संक्रमणको आशंकामा टेकु अस्पतालमा रहेका दुई संक्रमितबाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ ।

यसमध्ये टेकु अस्पतालमा ४ जना, पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतालमा ३ जनालाई आइसोलेनमा राखिएको छ ।

 चैत्र ४ मा युवतीसँगै आएका ७८ जना क्वारेन्टाइनमा

यसैबीच चैत्र ४ गते कतार एअरवेजको विमानमार्फत् दोहाबाट नेपाल पर्किएका ७८ जना नेपाली क्वारन्टीनमा रहेको खुलेको छ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल फर्किएका यात्रुमध्ये ७८ जना ४८ जिल्लाका क्वारन्टाइनमा रहेको खुलेको हो ।

प्रहरीका प्रवक्ता उमेशराज जोशीका अनुसार नेपाल पर्किएकामध्ये ७८ जना क्वारेन्टाइनमा गएका छन् भने बाँकी यात्रुको खोजि जारी छ ।

चैत्र ४ को उक्त उडानमार्फत १ सय ५८ जना यात्रु नेपाल आएको बताइएको थियो ।

यसआधारमा अरु ८० जना व्यक्ति अझै पनि क्वारेन्टाइनमा नहुँदा कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेको छ ।

दुबैबाट चैत्र ६ गते  एयर अरेवियाको विमान आएका युवाले अझ काठमाडौंकै एक होटलमा पार्टी दिएको र उनीसँगै आएका अरु दर्जनौं यात्रु सम्पर्कमा नरहँदा कोरोना भाइरस संक्रमणको समस्या विकराल बन्ने त हैन भनेर सरकारी अधिकारीहरु चिन्तित हुँदै आएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : ५० बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब