तनहुँमा कुमाल र कुसुमे टोलका स्थानीयबीच झडप, ८ जना घाइते « Khabarhub

तनहुँमा कुमाल र कुसुमे टोलका स्थानीयबीच झडप, ८ जना घाइते


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिका–९ स्थित मासफाँट (कुमाल गाउँ टोल) र वडा नं कै ९ स्थित मध्यमासफाँट (कुसुमे) टोलका स्थानीयबीच आज झगडा हुँदा आठ जना घाइते भएका छन् ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउन भएको अवस्थामा फुटबल खेल्ने क्रममा विवाद भएपछि भएको झगडामा परी कुमाल टोलका आठ जना घाइते भएका हुन् ।

कुसुमे टोलका व्यक्तिहरुले कुटपिट गर्दा कुमाल टोलका ६५ वर्षीय वुद्धिबहादुर कुमालसहित आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

कुमालको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

कुटपिट गरेको अभियोगमा प्रहरीले कुसुमे टोलका तीन जनालाई नियन्त्रणमा लिएको छ ।

“फुटबल खेल्ने क्रममा विवाद भएपछि मास्दी टोलका स्थानीयले कुमाल टोलका स्थानीयलाई कुटपिट गरेका रहेछन्”, प्रनाउ लामिछानेले भने, “पछि कुमाल टोल नै उर्लिएर मध्यमासफाँट टोलका व्यक्तिहरुलाई लखेटेका रहेछन् ।”

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : ४९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै