डा. सन्दुक रुइतको आह्वान : विज्ञानसँगै एकता, आत्मीयता र करुणा प्रवर्द्धन गरौँ | Khabarhub Khabarhub

डा. सन्दुक रुइतको आह्वान : विज्ञानसँगै एकता, आत्मीयता र करुणा प्रवर्द्धन गरौँ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले लकडाउन गरेको एक महिना पूरा भइसकेको छ । अत्यावश्यक सेवामा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीबाहेक अन्य सबै घरभित्रै छन् ।

कोरोना विशेष अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरू अस्पतालले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेर बिरामीको सेवा गर्दैछन् । अन्य अस्पतालहरूमा भने अहिले आकस्मिक सेवामात्र सञ्चालनमा रहेको छ । कोरोना संक्रमितको उपचारमा संलग्नबाहेक अन्य चिकित्सकहरू केही फुर्सदमा छन् ।

आँखामा मोतिबिन्दु भएका तथा अन्य कारणले दृष्टि गुमाएका एक लाखभन्दा बढीलाई दृष्टि दिएर संसारभर चर्चित डा. सन्दुक रुइत पनि घरमै छन् । आँखाका बिरामीको उपचार सेवामा व्यस्त रहने डा. रुइतको दिनचर्या अहिले फेरिएको छ ।

डा. रुइत अहिले काठमाडौंको डल्लुस्थित आफ्नो निवासमा परिवारका साथ रहेका छन् । उनी फोन, म्यासेज र इन्टरनेटबाट आफ्ना बिरामीलाई परामर्श दिने, चिकित्सकहरूसँग छलफल गर्ने र कोरोनाको विषयमा चेतना बढाउने काममा व्यस्त छन् ।

डा. रुइत कोरोना संक्रमण नियन्त्रणको लागि सरकारले गरेको काम पनि नियालिरहेका छन् ।

कोरोना संक्रमणबाट जोगिन अपनाउनु पर्ने सावधानी, सरकारले कोरोना नियन्त्रणका लागि गरिरहेको काम, अब चाल्नुपर्ने कदम लगायतका विषयमा हामीले डा. रुइतसँग कुरा गरेका छौँ ।

आफ्नै शब्दमा डा. रुइत

अहिले विषम परिस्थित छ । लकडाउन भएको एक महिना पुगिसकेको छ । लकडाउन पालना गरेर म पनि घरमै बसेको छु । घरबाटै डिजिटल मिटिङ गर्ने, अध्ययन गर्ने, अनलाइन कन्फरेन्स गर्ने, सञ्चारमाध्यमसँग कुराकानी गर्ने गरिरहेको छु ।

अहिले परिवारमा हामी ६ जना सँगै छौँ । मेरो एकजना छोरी मणिपालमा इन्टर्नसिप गर्दैछिन् । छोरो सातामा एकपटक अस्पताल जान्छ । कुनै काममा घरबाहिर निस्किँदा पञ्जा र मास्क लगाउँछौँ । फर्केर आउने बित्तिकै साबुनपानी र स्यानिटाइजरले हात राम्रोसँग सफा गर्छौं ।

कोरोनाले शक्तिशाली राष्ट्रहरूलाई घुँडा टेकाएको छ । हामीकहाँ अहिलेसम्म बज्रपात भइसकेको छैन । अन्य देशको तुलनाका हामी असाध्यै भाग्यमानी हौँ भन्न चाहन्छु । हामीलाई दैवले साहायता नै गरेको छ भन्नुपर्छ ।

घरमा चाहिँ मास्क लगाएर बस्नुपर्ने अवस्था छैन । हाम्रो परिवारका कोही पनि बिरामी वा कसैको सम्पर्कमा छैनौँ । हामी घरभित्र सबैजना आ–आफ्ना काम गर्छौं । आफूलाई मन परेका किताबहरू पढ्छौँ । पहिला बिरामीको सेवामा धेरै व्यस्त भइन्थ्यो, अहिले परिवारलाई प्रशस्त समय दिन पाइएको छ ।

हाम्रो अस्पतालमा आकस्मिक सेवा सञ्चालनमा छ । अरू डाक्टरसाबहरूले चलाइरहनुभएको छ । आँखा अस्पतालमा पनि हेरक दिन ७०–८० जना बिरामी आइरहेका छन् । अहिले लडकाउनको नियम सबैले पालाना गर्नुपर्ने अवस्था छ ।

मलाई केही कुरा भन्न मन लागेको छ । अहिले असाधारण विषमताको स्थिति हो । कोरोनाले शक्तिशाली राष्ट्रहरूलाई घुँडा टेकाएको छ । हामीकहाँ अहिलेसम्म बज्रपात भइसकेको छैन । अन्य देशको तुलनाका हामी असाध्यै भाग्यमानी हौँ भन्न चाहन्छु । हामीलाई दैवले साहायता नै गरेको छ भन्नुपर्छ ।

तर, विज्ञानले त्यस्तो भन्दैन । कोरोना संक्रमण नियन्त्रणको लागि अझै पनि धेरै ढिला भइसकेको छैन । अहिलेसम्म भएको काम र केही हदसम्म लकडाउनलाई राम्रै मान्नुपर्छ । स्वास्थ्य सेवामा कटिबद्ध भएर फ्रन्टलाइनमा काम गरिरहनुभएका साथीहरूले जोखिमपूर्ण काम असाध्यै राम्रोसँग गर्नुभएको छ । सुरक्षाका साथीहरू र सामाजसेवी सबैले काम गरिरहनुभएको छ ।

यो यस्तो अवस्था हो जसमा हामीले असाध्यै दृढताका साथ राष्ट्रिय एकता र ऐक्यबद्धता कायम गर्नुपर्छ । सबैको मनबाट, भावानाबाट र हरेक तरिकाबाट ऐक्यबद्धता जनाउनुपर्छ । यसको अरू विकल्प नै छैन तर यस्तो ऐक्यबद्धता देखिएको छैन । राजनीतिक दलहरू सीमित वर्ग र क्षेत्रको सीमाना काटेर राष्ट्रियरूपमा ऐक्यबद्ध हुनै पर्छ ।

नेपालमा अझै पनि ढिला भइसकेको छैन । हरेक क्षेत्रको व्यक्ति मिलेर व्यवस्थापनमा लागे नियन्त्रण गर्न सकिन्छ । युवाहरूको संलग्नतामा कोरोना नियन्त्रण र रोकथामको प्रयास गर्नुपर्छ

अहिले कोरोना रोकथाम तथा नियन्त्रणको तयारीको सन्दर्भमा ज्ञान, स्वास्थ्य विज्ञान, व्यवस्थापन र करुणा भावनाको मिश्रण हुनुपर्छ । यो हामीले देखाउन सकेका छैनौँ । राम्रो व्यवस्थापन अति आवश्यक छ । कोरिया, न्युजिल्याण्ड जस्ता देशमा ऐक्यबद्ध भएर कोरोना नियन्त्रणको प्रयास गरिएको छ ।

नेपालमा अझै पनि ढिला भइसकेको छैन । हरेक क्षेत्रको व्यक्ति मिलेर व्यवस्थापनमा लागे नियन्त्रण गर्न सकिन्छ । युवाहरूको संलग्नतामा कोरोना नियन्त्रण र रोकथामको प्रयास गर्नुपर्छ । यो अवस्थामा भोलि देश कतातिर लाग्छ, भन्न गाह्रो छ । विश्वको बदलिँदो परिस्थितिबाट हामी उम्किने अवस्था छैन । अझै पनि मैले अघि भनेजस्तो विज्ञान, व्यवस्थापन र करुणा भाव मिश्रण गरेर ऐक्यबद्ध भएर लाग्यौँ भने अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो आर्थिक ग्याप घटाउन पनि सजिलो हुन्छ ।

मन लगाए फ्रन्टलाइनमा काम गरिरहनुभएका सबै व्यक्तिलाई हृदयबाट नै नमस्कार भन्नुपर्छ र धन्यवाद दिनुपर्छ । काम भइरहेको छ, अझै राम्रोसँग हुनुपर्छ । राष्ट्रिय आत्मीयता र ऐक्यबद्धता हुनुपर्छ ।

स्वास्थ्य मन्त्रालयले सामान खरिदामा अनियमितता गरेको भन्ने कुरा बाहिर आयो । यो एकदमै दुःखद छ । यस्तो अवस्थामा देशमा आर्थिक अनियमितता नभएको होस् । यस्तो अवस्थामा आर्थिक हिनामिना हुनु एकदमै ठूलो गद्दारी हो । यो त महापापको काम हो ।

मलाई के लाग्छ भने यस्तो समयमा असाध्यै पारदर्शी भएर काम गर्नुपर्छ । अहिले पारदर्शीता देखिएको छैन । स्वास्थ्यको क्षेत्र, सेक्युरिटी, ट्रान्सपोर्टेसनको क्षेत्र, आर्थिक क्षेत्रमा अप्ठ्यारो पर्छ । त्यसैले यो अवस्थामा विज्ञहरूलाई समेटेर लानुपर्छ । यो समयमा यो मेरो राजनीतिक कार्यकर्ता, ऊ अरूको इत्यादि भन्ने होइन । सबै किसिमका मान्छेलाई समेटेर एउटा ठाउँमा ल्याएर व्यवस्थापन गर्नुपर्छ । हामीले टेष्टिङ (कोरोना परीक्षण) बढाउनुपर्छ भनेर आवाज उठाएका थियौँ । यसलाई केही रूपमा सम्बोधन गरिएको छ ।

अहिलेसम्म कोरोनाका बिरामीहरू जटिल अवस्थाका छैनन् । भोलि जटिल अवस्थाका बिरामी आउँदैनन् भन्न सकिँदैन । अस्पतालहरूको इन्टेन्सिभ केयर बलियो बनाउनुपर्छ । केही सातामा स्थिति नराम्रो हुनसक्छ

कोरोना बढ्ने क्रममा छ, त्यसैले यो रोगको टेष्टिङको दायरा अझै बढाउनुपर्छ । टेष्टिङ सेवा विस्तार गरी सर्भिलेन्समा जोड लिनुपर्छ । केस पछ्याएर सर्भिलेन्स गर्नुपर्छ । अहिलेसम्म कोरोनाका बिरामीहरू जटिल अवस्थाका छैनन् । भोलि जटिल अवस्थाका बिरामी आउँदैनन् भन्न सकिँदैन । अस्पतालहरूको इन्टेन्सिभ केयर बलियो बनाउनुपर्छ । केही सातामा स्थिति नराम्रो हुनसक्छ ।

म फेरि पनि भन्छु, अहिलेको अवस्था असाधारण हो । यो अवस्थामा सरकार सबैलाई समेटेर अघि बढ्न सक्यो भने स्थिति सामान्य बनाउन सकिन्छ ।

नेपालमा उत्तर हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्म बस्ने सबै नेपालीलाई कोरोनाको असर कम होस् भन्ने कामना गर्छु । हामी सतर्क भएर बसौँ । कोरोना प्रभावित अन्य देशमा भएका राम्रा कुरा सिकौँ । यसबाट आर्थिकरूपमा हाम्रो देशलाई धेरै असर नपरोस् ।

कोरोना भाइरस असाध्यै भयानक रोग होइन । यसको मृत्युदर कम हुन्छ । छिटो फैलिने हुनाले डर लागेको हो

म के भन्न चाहन्छु भने नेपालीहरू खाडी देशमा, अमेरिका, क्यानडा युरोप, इङ्ल्याण्ड, अस्टे«लिया, न्युजिल्याण्ड, जापानमा धेरै हुनुहुन्छ । उहाँहरूको बारेमा खबरहरू आइरहन्छ । हामीले उहाँहरूको चिन्ता लिइरहेका हुन्छौँ । सबै नेपालीहरूलाई आत्मबल बलियो बनाएर बस्न आग्रह गर्छु ।

कोरोना भाइरस असाध्यै भयानक रोग होइन । यसको मृत्युदर कम हुन्छ । छिटो फैलिने हुनाले डर लागेको हो । कोरोनाबाट मर्नेको संख्या कम छ । योभन्दा धेरै कडा रोगहरू पनि हामीले देखिसकेका छौँ । कोरोना भयानक रोग नभए पनि भयानकरूपमा फैलिन सक्छ । यसले आर्थिक पसर पुर्‍याउने देखिन्छ । त्यसैले सबै ऐक्यबद्ध हुनुपर्छ । राजनीतिका साथीहरू र सबै व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।

अन्त्यमा के भन्न चाहन्छु भने, लकडाउनमा न्युन आय भएका वर्गलाई असाध्यै मर्का परेको छ । हामीले यस विषयमा सोच्नुपर्छ र सक्नेले सहयोग गर्नुपर्छ । हाम्रो भौगोलिक स्थितिले पनि धेरैमा समस्या आएको छ । लकडाउनलाई ध्यानमा राखेर सरकारले न्युन आय भएका व्यक्तिहरूको समस्या व्यवस्थापन गर्नुपर्छ ।

नेपालको आयस्रोत खुम्चिन सक्ने भएकाले हामी सबै एकढिक्का भएर कोरोना भाइरस र समस्याहरुसँग लड्नुपर्छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : २६ बजे

धनुषा प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

ह्यारिसको चुनाव जित्ने आधार बन्दै आप्रवासी मुद्दा र सद्भाव

न्युयोर्क – एनबिसी न्युजले जुलाई महिनामा गरेको सर्वेक्षणमा पूर्व राष्ट्रपति

ओली र मोदीबीच तीनवटा मुद्दामा कुराकानी

काठमाडौं– संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन पुगेका प्रधानमन्त्री केपी

नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग

म्याग्दी– नेपाली हातेकागज उद्योग सञ्चालन भएपछि म्याग्दीको लेकाली क्षेत्रको जङ्गलमा

स्पेनिस ला लिगा : बार्सिलोनाको लगातार छैटौँ जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार छैटौँ जित