कोरोना भाइरस : करिव ३० लाख संक्रमित, २ लाख ६ हजारभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : करिव ३० लाख संक्रमित, २ लाख ६ हजारभन्दा बढीको मृत्यु


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट करिव ३० लाख मानिस संक्रमित भएका छन् भने २ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

विश्वका २१० मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६ हजार ९९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ७५१ जनाको मृत्यु भएको छ भने ७३ हजार ८५८ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या २९ लाख ९४ हजार ७३१ पुगेको छ ।

कोरोना भाइरसको महामारीबाट सबै भन्दाबढी  बढी प्रभावित अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५५ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १५५ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार ४१३ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २६ हजार ५०९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख ८७ हजार १६० पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख १८ हजार ७८१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १२ हजार ९६६ जनामध्ये १५ हजार १४३ जनाको अवस्था गम्भीर रहेको छ ।

आइतबार थप २६० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ६४४ पुगेको छ । यसअघि शनिबार त्यहाँ ४१५ जनाको मृत्यु भएको थियो । संक्रमितको संख्यामा भने खासै सुधार हुन सकेको छैन ।

शुक्रबार २ हजार ३५७ जना नयाँ संक्रमित देखिएकोमा पछिल्लो २४ घण्टामा पनि त्यहाँ २ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९७ हजार ६७५ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ६ हजार १०३ जनामध्ये २ हजार ९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

संक्रमितको संख्या घटेपछि इटालीमा मे ४ पछि लकडाउन हटाउने घोषणा गरिएको छ । अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण स्पेनमा देखिएको छ ।

स्पेनमा कुल संक्रमित २ लाख २६ हजार ६२९ पुगेको छ । यो अमेरिकामा संक्रमित हुनेको तुलानामा करिव ७ लाखले कम हो । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले २८८ जनाको मृत्यु भएको छ भने २ हजार ८७० जना नयाँ संक्रमित थपिएका छन् ।

त्यहाँ मृतक र संक्रमित दुबै कम भएको छ । यसअघि शनिबार संख्या  ३७८ जनाको मृत्यु भएको थियो भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका थिए ।

सोमबार विहान यो समाचार तयार पार्दासम्म १ लाख १७ हजार ७२७ जना उपचारपछि निको भएका छन् । ८५ हजार ७१२ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

फ्रान्समा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा २४२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको संख्या २२ हजार ८५६ पुगेको छ । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० हजार ७३२ पुगेको छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख २१ हजार ८८५ जना, उत्तर अमेरिकी मुलुकहरुमा ५९ हजार ९५५ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १७ हजार २४३८, अफ्रिकी मुलुकहरुमा १ हजार ४२७ र अष्ट्रेलियासहित ओसिनिया मुलुकहरुमा १०१ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : ०१ बजे

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो