वुहानका अस्पतालहरुमा कोरोनाका विरामी नभएको चीनको घोषणा « Khabarhub

वुहानका अस्पतालहरुमा कोरोनाका विरामी नभएको चीनको घोषणा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनले वुहानका अस्पतालहरुमा अब कोरोना भाइरस संक्रमित विरामी नभएको घोषणा गरेको छ ।

कोरोना भाइरसको उद्भव मानिने वुहान शहरमा अब कोरोना भाइरसका एक जना पनि संक्रमित नभएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताएका छन् ।

वुहानस्थित एक मासु पसलबाट सुरु भएर कोरोना भाइरस संसारभर फैलिएको बताइरहँदा चीनले उक्त घोषणामार्फत त्यहाँ महामारी समेत अन्त्य भएको संकेत गरेको छ ।

वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेका थिए ।

चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । संक्रमण नियन्त्रणमा आएसँगै चीनले खोक्दा वा थुक्दा अनिवार्य मुख छोप्नु पर्ने नियम ल्याएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ३५ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला