यात्रुको विवरण नभएको भन्दै सातवटा बस रोकिए « Khabarhub

यात्रुको विवरण नभएको भन्दै सातवटा बस रोकिए


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख- सुर्खेत, नेपालगञ्ज र काठमाडौँबाट कालीकोट, जुम्ला र मुगु जान हिँडेका सात वटा बस दैलेखको रानीमत्ता रोकिएको छ ।

‘कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने हो ?’ भन्ने यात्रु विवरण नभएकाले दैलेख प्रवेश गर्ने रानीमत्तामा रोकिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

यात्रुको विवरणसहित आएका १७ वटा बस छोडिएको रानीमत्ता प्रहरी चौकीका इञ्चार्ज चन्द्रलाल गिरीले बताए ।

नेपालभित्रबाटै आएकालाई नजिकको क्वारेन्टाइनमा बस्नुपर्ने गरी गन्तव्यमा पठाउन सकिने नेपाल सरकारको निर्णय छ तर यसरी विना विवरण पठाए सबै जना सोझै घरमा पुग्न सक्ने भएकाले यात्रुको नाम, पुग्न चाहेको पालिका र व्यक्तिको मोबाइल नम्बरसमेतको विवरण बिना नछोड्ने प्रमुख जिल्ला अधिकारी कट्टेलले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ११ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला