सांसद अपहरण प्रकरणमा कांग्रेस नेता कोइरालाको टिप्पणी ‘अजबको सरकार गजबको कानुन’ « Khabarhub

सांसद अपहरण प्रकरणमा कांग्रेस नेता कोइरालाको टिप्पणी ‘अजबको सरकार गजबको कानुन’


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पूर्वराज्यमन्त्री समेत रहेका सांसद डा.सुरेन्द्र यादव अपहरण प्रकरणमा प्रहरीले जाहेरी नलिएकोमा आपत्ती जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा कोइरालाले सरकारको विरोध गरेकोमा पूर्वसचिवलाई थुनामा राख्ने तर सांसदले अपहरित भए भन्दै जाहेरी दिन खोज्दा नलिएकोप्रति टिप्पणी गर्दै भनेका छन्, ‘अजबको सरकार गजबको कानुन’ जनताले कसलाई विश्वास गर्ने ?

सरकारले नै आफूलाई अपहरण गरेको भन्दै पूर्वस्वास्थ्यमन्त्री यादव  जनता समाजवादी पार्टीका नेतासहित आइतबार काठमाडौं प्रहरी परिसर टेकु पुगेका थिए ।

सो क्रममा प्रहरीले घटनास्थल काठमाडौं नभएको भन्दै जाहेरी लिन नमानेपछि त्यसको चर्को आलोचना भइरहँदा कांग्रेस नेता कोइरालाले पनि फेसबुकमार्फत सरकारलाई कटाक्ष गरेका हुन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ११ : ४३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया