अलपत्र परेका यात्रु ओसारपसारमा रोक | Khabarhub Khabarhub

अलपत्र परेका यात्रु ओसारपसारमा रोक


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ।

राजधानी काठमाडौंसहित विभिन्न शहरी क्षेत्र र विभिन्न जिल्लाबाट घर जाने यात्रुलाई स्थानीय तहले गरिरहेको उद्धारमा सरकारले रोक लगाएको हो ।

गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले अहिलेलाई उद्धारमा रोक लगाइएको बताए ।

सोमबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अत्यावश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन तथा यात्रु ओसारपसारलाई पूर्ण रुपमा रोक लगाउन परिपत्र गरेको हो । त्यस्तै मन्त्रालयले जथाभावी पास वितरण नगर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

केही दिन यता राजधानी लगायतका शहरी क्षेत्रमा रहेका मानिसहरुलाई स्थानीय तहले उद्धार गर्ना शुरु गरेका थिए । त्यसक्रममा कोटेश्वर कलंकी लगायतका क्षेत्रमा सवारी साधन र मानिसहरुको थामिनसक्नुको भीड रहेको थियो ।

सोमबार नै विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका व्यक्तिहरुलाई प्रहरीले थानकोटमा रोकेको थियो । विराटनगर महानगरपालिकाले पठाएका केही यात्रुलाई व्‍यक्तिगत विवरण टिपेर छाडे पनि केहीलाई भने फेरि रोकिएको थियो ।

विराटनगर महानगरपालिकाले गाडी रिजर्भ गरेर काठमाडौं पठाएका १६० यात्रुमध्ये ४२ जनालाई अहिले नागढुं‌गा चेकपोस्टमै रोकिएका थिए । तर पछि नागढुंगा नाकामा यात्रुहरुको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १ : ०४ बजे

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले