ओली र नेपालबीच भेट वार्ता « Khabarhub

ओली र नेपालबीच भेट वार्ता


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट वार्ता भएको छ ।

दुई नेताबीच सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको थियो ।

नेता नेपालनिकट स्रोतका अनुसार करिब १ घन्टा दुई नेताबीचको एक्लाएक्लै छलफलमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

ओली र नेता नेपाल पक्षबीच आज निर्णयक वार्ता र छलफल हुँदैछ ।

त्यसका लागि दुबैपक्षबाट चारचार जना नेतालाई जिम्मेवारी दिइएको छ । जसमा ओली पक्षबा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव बिष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन् ।

त्यस्तै नेपाल पक्षबाट बरिष्ठ नेता नेपालसहित स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई तोकिएको जनाइएको छ ।

पछिल्लो शक्ति संघर्षमा नेता नेपाल निर्णायक भएपछि प्रधानमन्त्री ओलीले सहमति गरेर अघि बढ्ने प्रस्ताव आफू निकट नेता मार्फत नेपालसमक्ष राखेका छन् ।

नेकपामा केही दिनयता चर्को विवाद देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफ्ना ढंगले चल्न खोजेको भन्दै अर्का अध्यक्ष प्रचण्ड र नेता नेपालसमूहले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएको छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेसमेत तयारी भएपछि नेकपाभित्रको विवाद उग्र बनेको हो ।

यसअघि हिजो प्रचण्डसहित नेता नेपाल निवास कोटेश्वरमा बसेको आफू नकिटका स्थायी कमिटी सदस्यहरुको बैठकले ओलीलाई बैठक आह्वान गर्न दबाव दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १ : ४० बजे

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने