लाठी प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ « Khabarhub

लाठी प्रहार गरी हत्या गरेको आरोपमा २ जना पक्राउ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको मायादेबी गाउँपालिका-१ धमौलीका ४० वर्षीय राम नेवास लोधको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरु ५९ वर्षीय प्रमेश्वर धोबी र ३० वर्षीय राजमन लोध भन्ने केदार लोध रहेका छन् ।

सामान्य विवादको क्रममा उनीहरुले लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राम नेवासको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले प्रमेश्वर र केदारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : ०७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ