लकडाउनका करण बढ्यो खाद्यान्नको मूल्य « Khabarhub

लकडाउनका करण बढ्यो खाद्यान्नको मूल्य


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न लकडाउन (बन्दाबन्दी) गरिएसँगै झापामा अत्यावश्यक खाद्यान्नको मूल्यमा वृद्धि भएको छ । चामल, दाल, तेल, चना, मटर, चिनीलगायतका अत्यावश्यक खाद्यान्नमा मूल्यवृद्धि भएको हो ।

बिर्तामोड–४ का किराना व्यवसायी पवन राजवंशीले चामलमा प्रतिबोरा रू १०० देखि रू २०० सम्म मूल्य बढेको बताए । ‘सामान्य मन्सुली चामलमा रु १०० सम्म मूल्य बढेको छ,’ उनले भने, ‘वास्मतिलगायतका चामलमा रु २०० सम्म बढेको छ ।’ लकडाउनअघि प्रतिकेजी रू १२० मा पाइने मोटा मुसुरो दाल अहिले प्रतिकेजी रू १४० पुगेको उनले बताए । लकडाउनका कारण अहिले हरेक वस्तुमा मूल्य बढेको उनको भनाइ छ ।

‘लकडाउनअघि यो दालमोठको होलसेलमा ९५ रुपैयाँ पथ्र्यो,’ दालमोठको नयाँ मूल्यको बिल देखाउँदै उनले भने, ‘अहिले मैले होलसेलमै १०१ रुपैयाँमा किनेर ल्याएँ, अब कसरी बेच्नु ?’

अर्का किराना व्यवसायी मनोज साहले कतिपय किराना ‘आइटम’ आफूले बेच्न छोडेको बताए । ‘होलसेलमा सबै सामानको मूल्य बढेको छ,’ उनले भने, ‘आफूले मूल्य बढाएर बेच्यो भने कालोबजारी गर्‍यो भन्छन् भन्ने डरले सामान नै ल्याउन छोडिएको छु, जेजति छ त्यही बिक्री गर्छु ।’

होलसेल बिक्रेताले मूल्य बढाएको साना व्यवसायीको भनाइ छ । उनीहरुले भने, ‘होलसेलमा महँगोमा किन्नुपरेपछि कम मूल्यमा बेच्न सकिँदैन ।’ एकातिर मूल्यवृद्धि छ भने अर्कातिर सामानको मूल्य पनि पसलै पिच्छे फरक छ । बिर्तामोड–४ की मुना बस्नेतले लकडाउनअघि रू ९०० मा ल्याउने गरेको खाने तेल रू ९३० मा किन्नुपरेको बताए । ‘सामान सटेज छ भन्छन्, न किन्दा पनि हुँदैन,’ उनले भने, ‘सबै कुरामा दाम बढेको छ ।’

बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुमार भट्टराईले बजारमा मूल्यवृद्धि भएको स्वीकार्नुहुन्छ । अनुगमनका क्रममा ग्यासको बढी मूल्य लिने व्यवसायीलाई कारवाही गरिएको उनको भनाइ छ । ‘दैनिक उपभोग्य वस्तुमा केही मात्रामा मूल्य बढेको छ,’ उनले भने, ‘अधिक मूल्य लिनेलाई कानूनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ ।’ अनुगमनका क्रममा जाँदा व्यापारीले मूल्य नबढाएको दाबी गर्ने र उपभोक्ताबाट बढी मूल्य लिएको गुनासो आइरहेको उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालय झापाले बनाएको अनुगमन समितिमार्फत सातामा एक पटक अनुगमन गर्ने गरिएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी एवं बजार अनुगमन समितिका संयोजक राजकुमार राईले आन्तरिकरुपमा छापा मार्ने काम भइरहेको बताए । ‘कतिलाई सम्झाएका छौँ, कतिपयलाई चेतावनी दिइएको छ,’ उनले भने, ‘बजारमा सुधार हुँदै गएको छ ।’

सङ्कटका बेलामा भटाभट कानूनी दायरमा ल्याउन पनि समस्या रहेको उनको भनाइ छ । पसल बन्दा हुँदा उपभोक्तालाई मार पर्ने भएकाले पनि केही लचकता अपनाइएको उनले बताए । हालसम्म तीन वटा चामल मिल र करिब २० वटा किराना पसललाई कारवाही गरिएको उनले बताए । रासस

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ४ : ३४ बजे

रुसी आक्रमण चर्किएपछि नाटोसँग हवाई प्रतिरक्षा प्रणाली माग्दै जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि

साउन १ देखि ललितपुरमा घरमै डाक्टर, नर्स र औषधिसहितको स्वास्थ्य सेवा

ललितपुर– ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घरमै स्वास्थ्य सेवा

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना