धरानमा १०० शय्याको कोरोना विशेष अस्पताल निर्माण, दाङबाट पनि पीसीआर विधिबाट परीक्षण शुरु « Khabarhub

धरानमा १०० शय्याको कोरोना विशेष अस्पताल निर्माण, दाङबाट पनि पीसीआर विधिबाट परीक्षण शुरु


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामीको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवेकोटाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० बेडको अस्पताल संचालनमा ल्याएको हो ।

पछिल्लो समय प्रदेश नम्बर १ मा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएपछि धरानमा पनि कोरोना संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइएको हो । प्रदेश १ मा हाल ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उनीहरु सबै अहिले विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार देशभर हालसम्म पीसीआर विधिबाट १० हजार ४ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४३ हजार ६३ जनाको परीक्षण भएको छ । गत २४ घण्टामा मात्रै २ हजार १ सय ८४ जनाको परीक्षण भएको छ ।

प्रवक्ता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार अब काठमाडौं उपत्यका सहित देशभरका १६ स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षणका लागि व्यवस्थापन गरिएको छ ।

हाल देशभरका क्वारेन्टाइनमा २० हजार १ सय ९५ जना रहेका छन् । यस्तै देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमित तथा आशंका गरी आइसोलेसनमा रहेका बिरामीको संख्या १ सय ६ जना रहेका छन् ।

नेपालमा पछिल्लो १८ घन्टाको अवधिमा कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नदेखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । आइतबार साँझ मात्रै झापाका १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ४ : ४९ बजे

ग्यास अभावले खाना पकाउन समस्या भएपछि चितवनमा सहुलियतको खाना

चितवन– चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले ग्यासको अभावमा खाना पकाउन

मोन्ट्रा इलेक्ट्रिकद्वारा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं– भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा

‘कांग्रेस फुट्ने कि जुट्ने देउवाले बोलेपछि स्पष्ट हुन्छ‘

काठमाडौं – नेपाली कांग्रेस फुट्ने वा नफुट्ने विषय पूर्वसभापति शेरबहादुर

बडीमालिकामा हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी

काठमाडौं–  हेलिकप्टरबाट सञ्चार उपकरण ढुवानी गरिएको छ । नेपाल टेलिकमले

ट्रम्पले स्वीकारे : इरानको डरले खाना ओसार्ने क्याटरिङ ट्रक चढेर अर्को विमानमा सरेँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्किएमा इरानबाट सुरक्षा