धरानमा १०० शय्याको कोरोना विशेष अस्पताल निर्माण, दाङबाट पनि पीसीआर विधिबाट परीक्षण शुरु « Khabarhub

धरानमा १०० शय्याको कोरोना विशेष अस्पताल निर्माण, दाङबाट पनि पीसीआर विधिबाट परीक्षण शुरु


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामीको उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवेकोटाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० बेडको अस्पताल संचालनमा ल्याएको हो ।

पछिल्लो समय प्रदेश नम्बर १ मा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएपछि धरानमा पनि कोरोना संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइएको हो । प्रदेश १ मा हाल ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उनीहरु सबै अहिले विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार देशभर हालसम्म पीसीआर विधिबाट १० हजार ४ सय ७१ जनाको कोरोना परीक्षण भएको छ । यस्तै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट ४३ हजार ६३ जनाको परीक्षण भएको छ । गत २४ घण्टामा मात्रै २ हजार १ सय ८४ जनाको परीक्षण भएको छ ।

प्रवक्ता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण शुरु भएको जानकारी दिए ।

प्रवक्ता देवकोटाका अनुसार अब काठमाडौं उपत्यका सहित देशभरका १६ स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षणका लागि व्यवस्थापन गरिएको छ ।

हाल देशभरका क्वारेन्टाइनमा २० हजार १ सय ९५ जना रहेका छन् । यस्तै देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमित तथा आशंका गरी आइसोलेसनमा रहेका बिरामीको संख्या १ सय ६ जना रहेका छन् ।

नेपालमा पछिल्लो १८ घन्टाको अवधिमा कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नदेखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । आइतबार साँझ मात्रै झापाका १ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

नेपालमा हालसम्म ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ४ : ४९ बजे

बोत्स्वानामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

गबरोन- अफ्रिकी मुलुक बोत्स्वानाको उत्तरपूर्वी भागमा सडक दुर्घटना हुँदा २२

कञ्चनपुरमा एक बालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरमा एक बालकको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–५

विवेकशील साझाको प्रवक्तामा आशुतोष प्रधान

काठमाडौं– विवेकशील साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य आशुतोष प्रधानले

पाकिस्तानद्वारा थप २ सय भारतीय माझी रिहा

काठमाडौँ- पाकिस्तानले आज थप दुई सय भारतीय माझीलाई रिहा गरेको

चीन भ्रमण निकै फलदायी : अग्नि सापकोटा

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले