अब निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरसको परीक्षण गर्न पाउने « Khabarhub

अब निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरसको परीक्षण गर्न पाउने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारको स्वामित्वमा नरहेका निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणको लागि अनुमती दिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले निजी प्रयोगशालाहरुलाई पनि कोरोना परीक्षणका लागि अनुमती दिन लागिएको जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयले निजी क्षेत्रको लगानीमा सञ्चालित प्रगोगशालाहरुलाई कोरोनाको परीक्षणका लागि अनुमति दिन प्रयोगशालाको न्युनतम मापदण्ड बनाइएको प्रवक्ता डाक्टर देवकोटाले बताए ।

मन्त्रालयले कोरोना परीक्षण गर्ने निर्देशिका बनाए पछि निजी क्षेत्रका प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्ने बाटो खुल्ने भएको हो ।

मन्त्रालयले बनाएको मापदण्ड पूरा गरेका निजी क्षेत्रका प्रयोगशालाले अब कोरोना परीक्षण गर्न पाउने छन् ।

तर कोरोना परीक्षणका लागि निजी क्षेत्रका प्रयोगशालाले स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड पूरा गरी स्वास्थ्य मन्त्रालयसँग छुट्टै अनुमति पनि लिनुपर्ने हुन्छ ।

नेपालमा पहिलोपटक चीनबाट आएका एक व्यक्तिमा गत माघ ९ गते कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । चीनबाट नेपाल आएको केही दिनमा कोरोना संक्रमणको लक्षण देखिएपछि ती व्यक्ति आफैं टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।

त्यतिबेला उनको नमूना संकलन गरी परीक्षणका लागि हङकङ पठाइएको थियो । हङकङमा गरिएको परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । त्यसपछि भने टेकुमै रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको परीक्षण शुरु गरिएको थियो ।

हाल राष्ट्रिय जनस्वास्थास्थ्य प्रयोशाला टेकुसहित देशका विभिन्न ठाउँमा रहेका १६ वटा प्रयोगशालाबाट पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण हुँदै आएको छ । हाल परीक्षणका लागि प्रयोग हुँदै आएका सबै प्रयोशाला सरकारी स्वामित्वका हुन् ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । जसमध्ये १६जना कोरोना निको भएर घर फर्किएका छन् भने ३६ जना देशभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचारत छन् ।

संक्रमितहरु मध्ये धनगढीमा १ जना, वीरगन्जमा ३ जना, चितवनको भरतपुरमा १ जना र विराटनगरमा ३१ जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : ४५ बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम